आजदेखि स्वस्थानी व्रत सुरु
31-December-2017


जकसन डटकम
पोखरा, १७ पुस

आजदेखि स्वस्थानी व्रत सुरु भएको छ । सनातन धर्मावलम्बीहरूले आजदेखि स्वस्थानी व्रत सुरु गरेका हुन । नेपाली सनातन समाजमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत बस्ने परम्परा छ। एक महिनासम्म मध्याह्नमा महादेव र श्रीस्वस्थानी परमेश्वरीको पूजा आराधना र माहत्म्य वाचन वा श्रवण गर्ने परम्परा छ ।  

व्रतको अन्तिम दिन अर्थात् माघ शुक्ल पूर्णिमाका दिन सम्पूर्ण पूजासामग्रीसहित अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी एवं मौसमअनुसारका फलफूलहरु एक सय आठको संख्यामा चढाई शिवलिङ्ग र  ओमकारयुक्त अष्टदलमा श्रीस्वस्थानीको विशेष पूजा गरिन्छ । श्रीस्वस्थानीलाई चढाइएका १०८ मध्ये आठ्आठ वस्तु पत्पित्नी वा छोरा्छोरीलाई दिइन्छ। प्रसाद दिने व्यक्ति नभए नदीमा बगाउने चलन छ । 

चढाइएका पदार्थमध्ये एक सय रोटी आदि वस्तुहरु व्रतालु आफैंले खाने गर्छन् ।  सोमवार नै काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायण मेला सुरु भएको छ । श्रद्धालुहरू महिनाभर शालीनदी किनारमा बसी निष्ठापूर्वक व्रत पूरा गर्छन् ।

Write a Comment