गोरखा ः ट्रयाक्टरको ठक्करबाट एकजनाको मृत्यु
3-January-2018


जकसन डटकम
गोरखा, २० पुस

ट्रयाक्टरको ठक्करबाट गोरखामा एकजनाको ज्यान गएको छ । गोरखा नगरपालिका–१२ का १७ वर्षका रोशन कुमाललाई बुधबार राति आँबुखैरेनी–गोरखा सडकखण्ड अन्तर्गतको १० किलो बजार नजिकै ट्रयाक्टरले ठक्कर दिएको हो ।

ग १ त ४१६३ नम्बरको ट्रयाक्टरको ठक्करबाट कुमालको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिएर फरार ट्रयाक्टरसहित चालक २४ वर्षका वकिलबहादुर कुमाललाई १२ किलो प्रहरी चौकीले पक्राउ गरेको छ ।

चालकलाई कारवाही र मृतकको परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दाले बिहीबार बिहान आँबुखैरेनी–गोरखा सडकखण्ड बन्द गराएका छन् । सहमतिपछि बाटो खुलेको प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताउनुभयो ।

Write a Comment