ठूलो परिमाणको लागु औषधसहित १२ जना पोखराबाट पक्राउ
4-January-2018


उमा आलेमगर
पोखरा, २० पुस


पोखरामा ठूलो परिमाणको लागुऔषध सहित १२ जना पक्राउ परेका छन् । कास्की प्रहरीले सञ्चालन गरेको ‘लागु औषध नियन्त्रण महाअभियान’ कार्यक्रम अन्तरगत व्यापक रुपमा सुचना संकलन तथा प्रहरी परिचालन गरि उक्त परिमाणको लागु औषध सहित १२ जनालाई प्रहरीले कास्कीको विभिन्न ठाउँबाट पक्राउ गरि बिहिबार पोखरामा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका वडा नं. १५ बस्ने वर्ष १७ का सामुन पुन, वडा नं. १३ बस्ने अर्जुन गुरुङ र वर्ष २३ का सन्जन खड्का, वडा नं. १० बस्ने वर्ष २३ का समिर गुरुङ, वडा नं. ११ बस्ने वर्ष ३१ का निसिद सन्जित, वडा नं. १८ बस्ने वर्ष ३२ का कमल जिसी, वडा नं. १४ काजीपोखरी बस्ने वर्ष ३० का शिवबहादुर बानियालाई पक्राउ गरिएको हो ।

त्यसैगरि म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं. ७ घरभएका वर्ष १८ का पुजन मगर, बाग्लुङ बुर्तिवाङ बस्ने वर्ष २१ का गोकुल गुरुङ, रुपन्देही जिल्ला वडा नं. १ बस्ने कमलेस गुप्ता, काठमाण्डौँ महानगरपालिका वडा नं. ९ बस्ने वर्ष २७ का चन्द्रबहादुर खड्का रहेका छन् ।

उनीहरुको साथबाट ९८ ग्राम चरेश, १३ सय ८० ग्राम गांजा, २ सय १८ थान बुप्रिनर्फिन, २ सय १४ थान डाईजापाम, २ सय १५ थान फेनेरागन, ३ लाख ४६ हजार ४ सय ९० रुैिँया नगद र २ थान मोबाईल वरामद गरिएको छ । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान थालिईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Write a Comment

Events