सराङकोट हत्या काण्ड, ईखमा आफ्नै साथीले ग¥यो हत्या
4-January-2018


उमा आलेमगर
पोखरा, २० पुस

पोखरा–लेखनाथ महानगरपालिका–१८, सराङकोटस्थित निर्माणाधीन माउन्टेन रिसोर्ट एण्ड स्पा होटलमा भएको दुई जनाको हत्या आफ्नै साथीले गरेको खुल्न आएको छ । होटलको कामका लागि सँगै कोठामा बस्ने चार जना मध्ये घनकुटा घर भएको वर्ष २३ का सागर लिम्बुले घनले टाउकोमा प्रहार गरेर हत्या गरेको खुल्न आएको हो । लिम्बुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बिहिबार पोखरामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । 

सँगै बसेका ३ जना साथी मध्य एकले मोबाईल चोरीको आरोप लगाएकाले आवेशमा आएर हत्या गर्न पुगेको दोषी लिम्बुले स्विकार गरेका छन् । सँगै बसिरहदाँ मनमुटाव भएको अवस्थामा बीच कुरा नमिल्दा उनलाई चोरि आरोप लगेपछि त्यो कुरा उनले मनमा लिदाँ उनले हत्या नै गर्छु भन्ने मनशायमा पुगेको अनुसन्धानबाट खुल्न आएको कास्की प्रहरी कार्यलयका प्रहरी प्रमूख प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

लिम्बुले घनले आक्रमण गरेर हत्या गरेको सिंहले जानकारी दिए । कास्कीबाट सन्तोष सुवेदीको कप्तानमा गएको प्रहरी टोलीले पूर्वक्षेत्रको प्रहरीको सहकार्यमा लिम्बुलाई धनकुटाको छहत्तर भन्ने स्थानबाट नियन्त्रणमा लिएर म्याद थप गरेर अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ । 

पुस १४ गते राति भोजपुर जिल्लाको षडानन्द नगरपालिकाका १५ वर्षीय निमाछीरी शेर्पा र ३८ वर्षीय आङलाक्पा शेर्पाको हत्या भएको थियो । सुतिरहेको अवस्थामा मृत्यु भएका दुई मजदूरको चार दिनपछि सनाखत भएको थियो। मृतकका आफन्त पोखरा आएपछि उनीहरुको सनाखत भएको हो। मृत्यु हुनेमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकाका १५ वर्षीय निमाछीरी शेर्पा र ३८ वर्षीय आङलाक्पा शेर्पा भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। सख्त घाइते आङदाना शेर्पाको भने मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनी होसमा आएको प्रहरीले जनाएको छ।

चारजना एकै ठाउँमा सुतेकामा गत आइतबार दुईजनाको मृत्यु, एक घाइते र एक बेपत्ता भएका थिए। 

Write a Comment

Events