सुनसान छ अन्नपूर्ण पदमार्ग, सुरक्षीत हुँदाहँुदै पनि आएनन् पर्यटक
28-July-2015


 
पर्वत,साउन १२ / कुनै समय पर्यटकले भरिभराउ हुने विश्वकै १० उत्कृष्ठ पदमार्गमा पर्ने राउण्ड अन्नपूर्ण अहिले भने पर्यटक देख्नै नपाईने बनेको छ । बैशाख १२ गते गएको विनाशकारी महाभुकम्पले कुनै क्षति नपु¥याएपनि  राउण्ड अन्नपूर्ण पदमार्गमा पर्यटककीय गतिविधी शुन्य बनेको छ । पर्यटक आउन छाडेसँगै यस क्षेत्रको व्यावसायमा समेत ह्रास आएको छ ।

वर्षेनी हजारौं आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण मानिने यस क्षेत्रमा भुकम्प गएदेखि पर्यटक नआएपछि अहिले यस क्षेत्र सुनसान बनेको हो । पर्यटक आउन छाडेपछि यस क्षेत्रमा खोलिएका करोडौं लागनीका होटलहरु सुनसान बनेका छन् भने व्यावसायमा समेत नकारात्मक असर परेको छ । दैनिक सयौं पर्यटकको आवागमन हुने यस क्षेत्रमा अहिले पर्यटक आउन छाडेसँगै व्यावसायीहरु पर्यटकको बाटो कुरेर बस्न बाध्य बनेको स्थानीय होटल व्यवासायी दिलबहादुर गुरुङले बताउनुुभयो ।
     
राउण्ड अन्नपूर्ण क्षेत्रको प्रवेशद्वार रहेको नयाँपुलमा दैनिक रुपमा सयौं पर्यटकहरु ओहोरदोहोर गर्ने भएपनि अहिले पर्यटक आउन छाडेसँगै होटल व्यावसाय समेत संकटमा परेको व्यावसायीहरु बताउँछन् । यस क्षेत्रमा पर्यटक आएपछि कम्तिमा ५ देखि बढिमा १० दिनसम्म बस्ने गरेको भएपनि अहिले २ महिनासम्म एक जना पर्यटक देख्न नपाएको होटल व्यावसायी कमला गुरुङ्गले बताउनुभयो ।

राउण्ड अन्नपूर्णका साथसाथै पर्यटकिय स्थल घान्द्रुक, म्याग्दीको घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्प लगायतका क्षेत्रमा जाने सयौं आन्तरिक पर्यटकहरु प्नि आउन छाडेकाछन् । मनसुन सकिए लगत्तै पर्यटकको आगमन ह्वात्तै बढ्ने गरेको भएपनि यस वर्ष त्यो खालको लक्षण नदेखिएको स्थानीय होटल व्यावसायि कमला गुरुङले बताउनुभयो ।

भुकम्पका कारण नेपाल असुरक्षित छ भन्ने विदेशीहरुले थाहा पाएपछि आउन छाडेको भएपनि यस क्षेत्र सुरक्षित हुँदा हुँदै पनि पर्यटक नआएको ट्राभल एजेण्ट एशोशिएशन अफ नेपाल बिरेठाँटीले जनाएको छ । सरकारले यो क्षेत्र सुरक्षित छ भन्ने विदेशी माझ पु¥याउन सकेमा पर्यटकहरु पुनः आउने भएपनि सरकारले समेत यसतर्फ चासो नदिएको स्थानीयवासीहहरुको भनाई छ ।

यहाँबाट अन्नपुर्ण आधारशिबीर र घोरेपानी, पुनहिल क्षेत्रको पदयात्रा मार्गमा जाने गर्छन् । सिजनमा दैनिक ३ सयको संख्यामा पर्यटकहरु आउने गरेकाछन् भने झण्डै २ सयको संख्यामा आन्तरिक पर्यटकहरु समेत भ्रमणमा आउँछन् । यस क्षेत्रमा पर्यटकको लागि सेप्टेम्बर र अक्टोबर सबैभन्दा उत्तम मौसम भएको भएपनि यस वर्ष भने पर्यटक आउने सम्भावना कम भएको भन्दै व्यावसायीहरु चिन्तित बनेकाछन् ।

Events
Random Picks