पहिरोमा परी ज्यान गुमाउनेको संख्या १२ पुग्यो (थप अपडेट
30-July-2015

साउन १४ गते-
कास्कीका विभिन्न ठाउँमा गएको बाढी र पहिरोमा परी अहिलेसम्म ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । दर्जनौं घाईते भएका छन् । २० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

गएराती परेको ठूलो बर्षासँगै लुम्ले गाउँ विकास समितिस्थित घुम्तीमा पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने भदौरेतामागीमा गएको पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ ।

लुम्लेमा गएको पहिरोमा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन भने भदौरेतामागीमा भेटिएका शवमध्ये गौरी पराजुली र उनका पाँच वर्षीय छोराको मात्रै सनाखत भएको छ । दुवै घटनामा परी २० जनाभन्दा बढी हराईरहेका छन् ।

पोखराको सेतीनदीमा बाढी आउँदा डुवानमा परेको रामघाट क्षेत्र । 

लुम्लेमा पहिरो गएर सडक समेत पुरिएपछि अहिले पोखरा बाग्लुङ्ग सडकमार्ग अवरुद्ध भएको छ । प्रहरी र स्थानीय बासिन्दाले सडक खुलाउने प्रयास गरिरहेका छन् ।

खहरे र हर्पनखोलामा बाढी आउँदा भदौरे तामागी गाविसको वडा नं. ५ स्थित डुँडेफाटमा ७ वटा घर बगाएको छ । पहिरोले पामे ठूलाखेत बाटोमा पर्ने पुल बगाउँदा आवतजावतमा समस्या हुँदा उद्धारमा कठिनाई भएको छ । प्रहरीले डोरीको सहायताबाट उद्धार गरिरहेको छ ।

गएराती परेको अविरल बर्षासँगै आएको बाढीले पोखराको सेती नदी किनार आसपासका दर्जनभन्दा बढी घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Write a Comment

Events
Random Picks