ऐतिहासिक राइनासकोट ओझेलमा
9-January-2018


उमा आलेमगर
पोखरा, २६ पुस


जोकोहीलाई ईतिहासको कुराले आकर्षित नगर्ने कुरै हुदैँन । नेपालमा थुप्रै ऐतिहासिक कुराहरु रहेका छन् जसले नेपालीको चासोको विषय बनेको छ नै अन्तराष्ट्रिय समुदायलाई पनि आकर्षित गर्ने गर्दछ । ति ऐतिहासिक विषयमा अध्ययन अनुसन्धान गर्न र नेपाल घुम्न वर्षेनी लाखौँ पर्यटक नेपाल भित्रिने गर्दछन् । शाहवंशीय समयमा बाईसे चौबिसे राज्यको ईतिहास हामीले किताबमा पढ्दै र सुन्दै आएका छौँ । बाईसे चौबिसे राज्यलाई पृथ्वीनारायण शाहले एकिकरण गरेर नेपाल बनाए थिए । जसको कारण हामी नेपाली भनेर गर्व गर्छौँ । त्यो समयको कति कुरा हाम्रो ईतिहासको किताबमा कैद छन् भने कति इतिहासमै सिमित बनेको छ । तर शाहवंशीय राजा द्रवे शाह र नरहरी शाहको इतिहास जोडिएको ठाँउ लमजुङको राइनासकोट विषयमा कमैलाई जानकारी होला । शाहवंशीय राजा द्रवे शाह र नरहरी शाहको ईतिहाससँग जोडिएको राइनासकोट धार्मिक र पर्यटकिय दृष्टिकोणले महतवपूर्ण मानिन्छ । लमजुङ जिल्ला राइनासकोट नगरपालिका वडा नं. ९ मा अवस्थित राइनासकोट समुन्द्र सतहदेखि करिब १८ सय उचाईको रहेको छ । पहिले रागीनासको नामले परिचित उक्त ठाँउ पछि राइनास नाम रहन गएको किंवदन्ती रहेको छ । शाहवंशीय समयमा लमजुङमा द्रवे शाह र नरहरी शाह राजा भए । नरहरि शाह लमजुङका र द्रवे शाह उनका भाई थिए । किवंदन्तीअनुसार द्रवे शाहलाई ज्योतिषले राजा हुन्छ भनिदिएपछि उनका आमालाई चिन्ता लाग्यो । कसरी राजा हुन्छ, राजाको जेठा छोरा राजा हुने परम्परा छ । पछि राजा हुन दाईलाई मार्ने पो हो कि भन्ने आमालाई चिन्ता पर्न थाल्यो ।

त्यसक्रममा लमजुङको राइनासबाट सिधैँ दक्षिणपट्टि देखिने लिगलिगकोट भन्ने गोर्खा जिल्लाको कोटमा घले राजाहरु चेपे किनारबाट दौडेर राजा हुने परम्परा रहेको थियो । त्यहि सन्दर्भमा द्रवे शाह आफ्नो सेना लिएर र घलेहरु चेपेतिर दौडन लागे तर द्रवे शाह भने राइनासबाट दलबलसहित गएर लिगलिगकोटमा दलबलसहित बसेर म अगाडी आईपुगे भनेर राजा हुने परम्परा अनुसार द्रवे शाहले गोरखाको लिगलिगकोटमा आफ्जो राज्य स्थापित गरे । पछि दाजुभाईको गोरखा र लमजुङको झगडा प¥यो भनेर दुवैको आमा बसन्तावतीले राइनास नगरपालिकाको चक्रतिर्थ ( साविकको वडा नं. ४ ) मा चक्रदेवीको मन्दिर रहेको छ र त्यहि एउटा शिला पनि रहेको छ । द्रवे शाह र नरहरी शाह त्यहि बीचमा आमाको शिला रहेको छ नाम कुदिएको । त्यहाँबाट आमाले चेपे नदीमा आफ्नो दुध बगाएर यो सिमानाबाट भाई पनि लमजुङ नआउनु र दाई पनि गोरखा नजानु यदि यो नदि नाघेमा तिमिहरुले आमा छातीमा किचेको हुनेछ भनेको शाहवंशीय उद्मस्थल रहेको राइनासकोट मानिन्छ । त्यसपछि दुवै दाजुभाई एक अर्काको ठाउँमा नजाने तर दुई पक्षबीच युद्ध हुने गर्दथ्यो । त्यसबेला युद्ध गर्दा तोप प्रयोग गरिएको ठाउँ हो राइनासकोट ।  राइनासको कुरा गर्नु पर्दा त्यो ठाउँमा पहिले राई समुदायको वस्ती रहेको र राईहरुको नास हुन गएको अथवा राईहरुको वंशलाई शाहवंशले नाश गरेर आफ्नो राज चलाएकोले राइनास नाम रहन भएको किवंदन्ती रहेको छ । 

पर्यटकिय हिसाबले निकै महत्वपूर्ण रहेको यो ठाउँको विकासको लागि २०६३ सालदेखि प्रयत्न गर्दै आएको स्थानिय पूर्णबहादुर गुरुङले बताए । राइनासको प्रवद्र्धनको लागि तीन पटक २०६४÷०६४ र ०६५ मा राइनासकोट महोत्सव आयोजना गरेको गुरुङले बताए । गुरुङका अनुसार तर बीच उक्त महोत्सवलाई निरन्तरता दिन नसकेको र २०७२ सालमा आएको विनासकारी भुकम्प पश्चिात अमेरिकी नागरिक नतासाको सहयोगमा, सर्वदलिय सेवा श्रम र जिएसओ नेपालको अगुवाईमा पुनःर्निमार्णको काम भएको छ । अहिले १४ वटा घरहरु बनिसकेको छ भने त्यो घरहरुमा होमस्टे सञ्चालनमा आएको छ । राइनासमा आन्तरिक र बाह्रय पर्यटकहरुको पनि आगमन हुने गरेको छ । अत्यन्तै सम्भावना बोकेको नाइनासकोट नगरपालिकाको तल भूभागमा उर्वरा समथर भूमि रहेको छ । अविरलरुपमा आफ्नै ढङ्गले चेपे नदी बगिरहन्छ । राइनासटार सिचाईआयोजना पूर्वी लमजुङकै ठूलो आयोजना रहेको छ । यो राइनासटार सिचाई आयोजनाले राइनासटारको भभ्ूागको धेरै जमिनहरुमा सिचाई भएको छ भने मध्यपहाडीलोकमार्ग राइनास नगरपालिका वडा नं. ६, ७, ८ हुदैँ गोरखा गएको छ ।

राइनासकोट पर्यटन, कृषि र पशुपालनको हिसाबले विकास गर्न सकिने गुरुङले बताए । होमस्टे, प्राचीन घरहरु राइनासकोटको विशेषताहरु हुन् । राइनासकोटबाट १६ वटा जिल्ला देख्न सकिन्छ भने अन्नपूर्ण, गणेश, मनास्लु, लमजुङ, माछापुच्छ«े हिमशृङ्खलाहरु नजिकैबाट अवलोकन गर्न सकिन्छ । प्याराग्लाईडिङ्गको पनि अत्यन्तै सम्भावना भएको ठाउँ राइनासकोटमा गतवर्षमात्र प्याराग्लाईडिङ्गको सफल परिक्षण गरिएको छ । साथसाथै चेपे नदीमा ¥याफ्टिङ्गको मजा लिन सकिन्छ । त्यस्तै राइनासकोटबाट सूर्य उदाएको दृष्य पनि अवलोकन गर्न सकिन्छ । दक्षिणपट्टि समथर भूमिहरु, पालुङटार नगरपालिकादेखि, पश्चिम तनहुँको पुरकोटका भेगहरु, लमजुङकै सदरमुकाम वेसीशहर, तुवालो नलागेको समयमा पोखरा बजार, चितवनको नारायणी नदी पनि देख्न सकिने राइनास नगरपालिका वडा नं. ५ का स्थानिय रामचन्द्र भट्टले जानकारी दिए । शिवरात्रीमा यहाँ ठूलो मेला लाग्ने गर्दछ जसले गर्दा शिवजीको पूजा आरधना गर्ने भक्तजनदेखि लिएर हिमशृङ्खला हेर्ने आन्तरिक तथा बाह्रय पर्यटककोहरुको भिड लाग्ने गर्दछ । पर्यटकिय हिसाबले महत्वपूर्ण मानिए पनि खानेपानी र बाटोको भने समस्या रहेको राइनास नगरपालिका वडा नं. २ का वडाध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए । पूर्वाधारको हिसाबले राइनासकोट नगरपालिकामा अहिलेसम्म एक मिटर पनि सडक पीच गरिएको छैन भने खानेपानीको राम्रो सुविधा नरहेको अधिकारीले बताए ।

अधिकारीका अनुसार नगरपालिकामा कतिपय वडा कार्यायलहरु नहुदाँ आमा आमा समुहको भवनमा सञ्चालन गर्नुपर्ने परिस्थित रहेको छ । कृषि र पर्यटनको सम्भावना भएपछि शिक्षाको विषयमा अरु नगरपालिको तुलनामा सन्तुष्ट भएर बस्ने अवस्था छैन् । नगरस्तरमा स्वास्थ्यचौकी पनि छैन् । कृषिको लागि २० वर्ष देखि सञ्चालनमा ल्याइएको नहर पनि जिर्ण अवस्थामा पुगेको छ । कृषि र पशुपालनमा स्थानिय उन्मुख भएता पनि जति गर्न सकिने अवस्था थियो त्यति गर्न सक्ने अवस्था नभएको वडाध्यक्षको जिकिर थियो । त्यसैले नगरपालिकाले यिनै कुराहरुलाई जोड दिदैँ अगाडी बढिरहेको छ । नगरपालिकाले सडक, खानेपानी, कृषि, सिचाई, नहर, शिक्षा र पर्यटनलाई अगाडी बढाउने सोच बनाएको छ । कफी र अलैँचीको एकदमै राम्रो सम्भावना रहेको राइनासमा गोलभेडा, कम मात्रामा दुध र कुखुरा बाहिर बिक्री गर्न लगिन्छ भने यसलाई व्यवसायिकरण गर्न नगरपालिका लागि परेको छ । त्यसैले पशुपालन भेटनरीमा ४० लाख र कृषिमा २६ लाख यो वर्ष बजेट विनियोजन गरिएको वडाध्यक्ष अधिकारीले जानकारी दिए । 

 

Write a Comment

Events
Random Picks