डोल्पामा भीषण आगलागी, सात घर जलेर नष्ट
10-January-2018


जकसन डटकम
डोल्पा, २७ पुस

डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा बुधबार बेलुका भीषण आगलागी हुँदा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट सातघर पूर्णरुपमा जलेर नष्ट भएको र प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो नियन्त्रणमा लिइएको डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिनुभयो । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरी नायब निरीक्षक मल्लले जानकारी दिनुभयो । आगलागी कसरी भयो भन्ने कुनै जानकारी आएको छैन । 

Write a Comment

Events
Random Picks