छोरीको जन्मदिन पारेर गुरुङद्धारा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण
13-January-2018

जकसन डटकम
पोखरा, २९ पुस 

पोखरा क्यानोनिङका सञ्चालक तथा युवा समाजसेवी राम बहादुर गुरुङले आफ्नो छोरीको जन्मदिनको अवसर पारी माछापुच्छ«े गाउपालिकामा रहेका विभिन्न ५ वटा विद्यालयहरुमा न्यानो कपडा वितरण गरिएको छ । 

मेरिगोल्ड चेन नामक संस्गा संग सहकार्य गरी गुरुङले  आफ्नो छोरीको पहिलो वर्ष प्रवेश गरेको अवसर पारी माछापुच्छ«े गाउ पालिकामा रहेका ५ वटा विद्यालयहरुमा न्यानो कपडा वितरण गरेको हो । माछापुच्छ«े गाउपालिकामा रहेका अन्नपूर्ण आधारभुत विद्यालय, शिव शंकर आधारभुत विद्यालय, तारे बराह आधारभुत विद्यालय, निश्पक्ष मावि र संगम आधारभुत विद्यालयमा अध्ययनरत कक्षा एक देखि ५ सम्म अध्ययनरत  १ सय विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

उक्त अवसरमा वोल्दै अन्नपूर्ण आधारभुत विद्यालयका प्रध्यानाध्यापक दिपकराज ढुंंगानाले आफ्नो विद्यार्थीहरुलाई जाडोको समयमा न्यानो कपडा वितरण गरेर विद्यार्थी  र विद्यालयलाई गरेको सहयोगको प्रशंसा गरे । आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिनुपर्नेमा समेत उनले जोड दिए । 

त्यस्तै युवा समाजसेवी राम बहादुर गुरुङले आफ्नो छोरीको जन्मदिनको अवसर पारेर सहयोग गर्न पाउदा निकै खुसी लागेको र अन्य ब्याक्तिहरुले पनि यस्ता सामाजिक काममा अगाडी वढेर एकले अर्कोलाई सहयोग गर्नुपर्नेमा जोड दिए । उक्त अवसरमा युवा समाजसेवी भरत गुरुङ, सञ्चारकर्मी अस्मिता गुरुङको सहभागीता रहेको थियो ।

Write a Comment