पूर्व खेलाडी लम्सालको छोरीको उपचार्थ संकलित रकम हस्तान्तरण
13-January-2018


जकसन डटकम
पोखरा, २९ पुस 


बौद्ध सृजना युवा क्लव घलेलको आयोजना तथा बम बहादुर आधारभुत माविको सहआयोजनामा सम्पन्न १९ औ संस्करणको घलेल ल्होसारमा क्यान्सर रोगबाट पिडित अलिसा लम्सालको सहयोगार्थ संकलित रकम हस्तान्तरण गरिएको छ । 

ल्होसारमा संकलित २५ हजाार ५ सय ६१ रुपैया पूर्व राष्ट्रिय भलिवल खेलाडी लेखनाथ लम्सालको छोरी अलिसा लम्सालको उपचारको लागी प्रदान गरिएको हो । शुक्रबार एक कार्यक्रमका बीच क्लवका अध्यक्ष राम गुरुङ, बम बहादुर आधारभुत बिद्यालयका शिक्षक इन्द्र प्रसाद अधिकारी र युवा समाजसेवी भरत गुरुङले पूर्व भलिवल राष्ट्रिय खेलाडी लेखनाथ लम्साललाई उपचार सहयोगार्थ संकलित रकम प्रदान गरेका हुन । 

रकम हस्तान्तरण कार्यक्रममा रकम ग्रहण गर्दै पूर्व खेलाडी लेखनाथ लम्सालले आफ्नो छोरीको उपचारको लागी सहयोग रकमले उपचार सहयोगमा ठूलो टेवा पुग्ने वताए । युवाहरुले ल्होसारको कार्यक्रम गरी सामाजिक काममा देखाएको सदासयताले आफ्नो छोरीको जीवन रक्षामा महत्वपूर्ण भुमिका खेल्ने समेत वताए । 

त्यस्तै क्लवका अध्यक्ष राम गुरुङले पूर्व भलिवल खेलाडी लम्साल आफ्नो गाउको भएकाले उनको छोरीको उपचारका लागी सहयोग गर्नु आफुहरुको दायित्व भएकाले थोरै भएपनि रकम सहयोग गर्न पाउदा निकै खुसी लागेको वताएका थिए । 

Write a Comment

Events
Random Picks