मुग्रीमा विनकुमारी स्मृति मेला हुने
14-January-2018


उमा आलेमगर
पोखरा, ३० पुस


मादी गाउँपालिका वडा नं. ९ मुग्रीमा यसवर्ष विनकुमारी स्मृति मेलाको आयोजना हुने भएको छ । नभप्रभात युवा क्लबको आयोजना र विनकुमारी स्मृति प्रतिष्ठानको सहकार्यमा माघ १६ गतेदेखि २० गते सम्म मेलाको आयोजना हुने भएको हो ।

मेलाको तयारी तिव्र पारिएको आयोजकले जनाएको छ । मेलामा खुल्ला फुटबल तथा एकल नृत्य प्रतियोगिताको साथमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना हुने छ । 

त्यसैगरि नेपाली मौलिक कला संस्कृतिको अवलोकन तथा जानकारी लिन सकिने छ । त्यस्तै पर्यटकिय स्थलहरुको अवलोकन पनि मेलाको आकर्षण रहने आयोजक नभप्रभात युवा क्लबले जनाएको छ । 

Write a Comment

Events
Random Picks