संखुवासभामा जिप दुर्घटनाः गाउँपालिका अध्यक्षसहित ५ जनाकोे मृत्यु
14-January-2018


जकसन डटकम
संखुवासभा, ३० पुस

संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसँगै ५ जनाको मृत्यु भएको छ । मकालु गाउँपालिकातर्फ जाँदै गरेको बा ५ च १३१९ नम्बरको जिप गढीबजार नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वा्चित भएका थिए । दुर्घटनामा मृतकहरुमध्ये कटुवाल र अर्का सुरेश राईको मात्र सनाखत भएको छ ।

Write a Comment