पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मुल्य घट्यो
2-August-2015

काठमाडौं, श्रावण १७ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा साढे दुई रुपैयाँ घटेको छ ।

निगमले पहिलोपटक खाना पकाउने एलपी ग्यासमा पनि ३५ रुपैयाँ घटाएको छ । घटाइएको मूल्य आइतबार राति १२ बजेपछि लागू हुनेछ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएको जनाएको छ ।

मूल्य घटाएसँगै पेट्रोल १ सय ६ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल ८४ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको छ ।

 

Write a Comment

Events
Random Picks