प्लेग रोगको महामारीबारे नयाँ तथ्य फेला, जुम्रा र उपियाँबाट पनि संक्रमण !
15-January-2018


जकसन डटकम
पोखरा, ०२ माघ

मानव इतिहासकै सबैभन्दा भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात (ब्ल्याक डेथ)का लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको प्लेग महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ । शृङ्लाबद्ध रुपमा फैलिएको प्लेगको संक्रणले महामारीको रुप लिएपछि यसलाई ब्ल्याक डेथ भन्ने गरिएको छ ।

अहिलेसम्म मुसाको कारण प्लेगको संक्रमण फैलिएको बताइदै आईए पनि पछिल्लो खोजले यसलाई चुनौती दिएको छ । युनिभर्सिटी अफ ओस्लो र युनिभर्सिटी अफ फेराराका अनुसन्धानकर्ताले प्लेगसहितका महामारी फैलिनुमा मुसा नभई उपियाँ र जुम्रा रहेको अनुमान छ । यो रोग लागेपछि मुसाहरुले यसलाई एक ठाउँबाट अर्को ठाउँसम्म ओसारेको प्रमाण भेटिएको ओस्लो विश्वविद्यालयका प्राध्यापक निल्स स्टेनसेथले बताए ।

महामारी फैलिएका युरोपका नौ शहरमा गरिएको अनुसन्धानमा महामारी फैलिनुको कारण मुसा भन्दा उपियाँ र जुम्रा बढी रहेको देखिएको हो । चौधौं शताब्दीमा मात्रै २ करोड ५० लाख मानिसको ज्यान गएको महामारी १९ औं शताब्दीसम्म शृङ्लाबद्ध रुपमा फैलिएको थियो । यसले गर्दा समग्रमा सात करोड ५० लाखदेखि २० करोड मानिसको ज्यान गएको अनुमान गरिन्छ ।(एजेन्सी)

Write a Comment

Events
Random Picks