एक्सपर्ट पोखराको अष्ट्रेलियन एजुकेसन सेमिनार शनिबार
16-January-2018


जकसन डटकम
पोखरा, ०३ माघ

एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको आयोेजनामा अष्ट्रेलियन एजुकेशसन समेनिार हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि पोखरामा बृहद सेमिनार आयोजना गरिएको एक्सपर्ट पोखराका सञ्चालक रमेश थापाले जानकारी दिए । एक्सपर्ट पोखराको कार्यालय सिद्धार्थचोकको सभाहलमा करिब २ सय जना विद्यार्थीको सहभागितामा सेमिनार हुने उनले बताए ।

सेमिनारमा एक्सपर्टका प्रमुख कार्यकारी अधिकृत सञ्जिव शर्मा, एक्सपर्ट मेल्वर्नका निर्देशक वसन्त पोखरेल लगायत अनुभवी काउन्सिलरहरु सहभागी हुनेछन् । ‘सेमिनारमा अष्टे«ेलियन शिक्षा सम्बन्धी सम्पूर्ण विषयमा विद्यार्थीलाई जानकारी दिन्छौं,’ थापाले भने, ‘उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया जान इच्छुक विद्यार्थीका लागि सेमिनार निकै उपयोगी हुनेछ,’ ।

भिजा पोलिसी, अष्ट्रेलियाको पिआर लिने प्रक्रियाका बारेमा समेत सेमिनारमा कक्षा लिइने एक्सपर्ट मेल्वर्नका निर्देशक वसन्त पोखरेलले बताए । अष्ट्रेलिया जानका लागि वर्तमान परिवर्तित नियम कानुनका बारेमा पनि सेमिनारमा सही सूचना प्रदान हुने उनको भनाइ छ । विद्यार्थीको विश्वास जित्न आफूहरु सफल रहेको बताउँदै उनले अष्टे«लिया जान चाहने विद्यार्थीको रोजाईमा एक्सपर्ट परेको उनले बताए ।

अष्ट्रेलियाको सिड्नी, ब्रिस्वेन, मेल्वर्न, एडिलेड, गोल्डकोष्ट, पारामाटामा एक्सपर्टका शाखा सञ्जालहरु छन् । बंगलादेश, हङकङ, भारत तथा नेपालको काठमाडौं, पोखरा, चितवन, बुटवल, विर्तामोड, इटहरी, धनगढी, नेपालगञ्ज र दाङबाट पनि एक्सपर्टले सेवा प्रदान गरिरहेको छ ।

Write a Comment