मोरङमा भएका दुई दुर्घटना तीनजनाको मृत्यु
16-January-2018


जकसन डटकम
विराटनगर, ०३ माघ

मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको ज्यान गएको छ । सुनबर्सी नगरपलिका–६ को भित्री सडकखण्डमा मंगलबार राति को २९ प ३६५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको ज्यान गएको हो । दुर्घटनामा मोटरसाइकल चालक सुनबर्सी नगरपालिका–८ का २१ वर्षे दीपक कामत र पछाडि बसेका बालकृष्ण मण्डलको घटनास्थलमै  ज्यान गउको प्रहरीले जनाएको छ । 

यस्तै कानेपोखरी गाउँपालिका–२ थानटोलीमा को २ प ५१४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कानेपोखरी गाउँपालिका–३ का जितन चौधरीको ज्यान गएको छ । मंगलबार राति ९ बजेतिर भएको दुर्घटनमा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय पथरीले जानएको छ ।

Write a Comment