बुटवलमा चिसोका कारण चार दिनमा पाँचजनाको मृत्यु
16-January-2018


जकसन डटकम
रुपन्देही, ०३ माघ

बुटवलमा चिसोले कठ्याङ्ग्रिएर पछिल्लो चार दिनमा पाँचजनाको ज्यान गएको छ । लुम्विनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार ज्यान गुमाउनेमा एक महिला र चार पुरुष रहेका छन् । बुटवलको पुरानो र नयाँ बसपार्कमा एकरएक जना, देवीनगरमा एकजना, सिदेश्वर स्कुल नजिक एकजना र एकजना बुटवलमा मृत अवस्थामा भेटिएका हुन् । कसैको पनि अहिलेसम्म सनाखत भएको छैन । शव लुम्विनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ । प्रहरीले ज्यान गुमाउने सबै सडकमा मागेर हिँड्ने रहेको हुनसक्ने अनुमान गरेको छ ।

Write a Comment

Events
Random Picks