झोलामा राखेर फालिएको अवस्थामा चाबहिलमा नवजात शिशु जीवितै फेला
17-January-2018


जकसन डटकम
काठमाडौं, ०४ माघ

राजधानीको चाबहिलमा एक नवजात शिशु फेला परेको छ । झोलामा पोको पारेर फालेको अवस्थामा प्रहरीले बिहीबार बिहान शिशु फेला पारेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार स्तुपा नजिकै फोहोर फाल्ने ठाउँमा झोलाभित्र राखेर फालिएको अवस्थामा शिशु फेला परेको हो । रोइरहेको अवस्थामा फेला पारिएको सो शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । ६÷७ दिन अघि जन्मिएकोजस्तो देखिने शिशु कसले फालेको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Write a Comment

Events
Random Picks