सेलार सिष्टमबाट आगामी ५ वर्षमा वडा नं. १४ लाई उज्यालो बनाउछौँ ः वडाध्यक्ष काकी
17-January-2018


उमा आलेमगर
पोखरा, ०४ माघ

जनप्रतिनिधि आईसकेपछि वडावासीले छनोट गरेका योजना महानगरबाट प्राप्त भएको १ करोडको बजेटमा पारेको वडा नं. १४ को वडा कार्यालयले जनाएको छ । वडाका प्रत्येक वडावासीलाई बोलाएर आफ्नै स्थानमा गर्नुपर्ने विकासका योजनाहरु छलफल गरेर पठाउन भनेकोमा वडावासीले छनोट गरि पठाएको योजना विनियोजित बजेटमा पारेको कार्यालयले जनाएको हो । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले वडामा खानेपानीको सुविधाको लागि दुई वटा बोरिङ्ग खनेर खाल्टेमसिना, छिनेडाँडामा खानेपानीको व्यवस्था गरिएको बताए । उनका अनुसार पहिलेको बजेटले सुन्दर टोलमा ५० मिटर जति पिच गरिएको छ भने मसिनामा पनि १ सय मिटर पिच गरिएको छ । त्यसैगरि बाटो पिचसँगै ढलनिकासको लागि नाली राख्ने काम पनि हुने छ । 

जनप्रतिनिधि आईसकेपछि वडा कार्यालयमा विवाह दर्ता, जन्मदर्ता लगायतका काम अनलाईन सिष्टमबाट गर्ने गरेकाले काम छिटो छरितो सम्पन्न हुनाले स्थानिय जनता पनि हर्षित छन् । वडामा रहेको स्वास्थ्यचौकीमा समय समयमा स्वास्थ्य परिक्षण सेवा दिईदै आईरहेको छ । ल्याण्डफिल्ड साईडमा काम गर्ने मजदुरहरुले पञ्जा, माक्स र जुत्ता नलगाई काम गर्दा उनीहरुको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकोले उनीहरुलाई पञ्जा, माक्स् र जुत्ताको प्रयोग र त्यसले हुने फाईदाहरुको विषयमा जानकारी दिने उद्देश्यले छिट्टै नै तालिमको आयोजना गर्ने लक्ष्य वडा कार्यालयले लिएको छ । वडामा रहेका विद्यालय र क्याम्पसहरुमा फर्निचरको अभाव हुन नदिन र शिक्षा आर्जनको लागि रकम विनियोजन गरिएको छ जसमध्ये कालिका बहुमुखी क्याम्पसको लागि १० लाख शुक्रराज बलभद्रमा १५ लाख र रामेश्वर उच्च मा.वि.को लागि साढे ३ लाख रकम विनियोजन गरिएको छ । 

त्यस्तै मसिना प्रा.वि.मा विद्यालयको भवन देखि लिएर फर्निचर उपलब्ध गराउन ५ लाख रकम विनियोजन गरिएको छ भने रामेश्वर स्कुलको जग्गा संरक्षणको लागि तारवार गर्न साढे ३ लाख रकम छुट्टयाइएको छ । साधन स्रोतले भ्याएसम्म शिक्षामा आधुनिकीकरण गरेर लैजाने र प्रत्येक प्रा.वि. देखि उच्च मा.वि सम्म कम्प्यूटर पु¥याउने योजना वडा कार्यालयले बनाएको छ । वडावासीको स्वास्थ्यको लागि साविकको १४ भवनमा व्यवस्थापन समिति गठन गरेर भवनको सरसफाई गरि औषधि राख्ने ¥याकको व्यवस्था गरिएको छ भने औषधि राख्ने दराज अपुग भएकोले दराज उपलब्ध गराउने र भवनको मर्मत सम्भार गर्नुपर्ने भएकोले वडाबाट ६ लाख रकम विनियोजन गरिएको छ । खेलकुदको विकासका लागि खेल मैदान बनाउन रकम विनियोजन गरिएको छ भने करातेको लागि डोजिङ्ग हल बनाउन १५ लाख रकम छुट्टयाएर उपलब्ध गराईएको वडाध्यक्ष प्रेमबहादुर कार्कीले जानकारी दिए । 

त्यसैगरि विभिन्न ठाउँमा बालउद्यान तथा बालबालिकाको मनोरञ्जनको लागि खेल सामाग्री र ओखलढुङ्गामा पार्क निर्माणको लागि रकम विनियोजन गरिएको छ । फोहोर व्यवस्थापनको लागि वडा कार्यालय लागिपरेको छ भने औद्योगिकक्षेत्रबाट निस्कने फोहोर वडाको नरमा मिसिदाँ खानेपानीसम्म त्यसको असर पर्ने भएकोले वडाबाट औधोगिक क्षेत्रमा जानकारी गराएको र उनीहरुले फोहोर व्यवस्थापन गर्ने आश्वासन आएको छ । यदि कार्यान्वयन नभएमा वडाबाट महानगरमा जानकारी गराएर कारवाहीको घेरामा ल्याईने वडाध्यक्षले जनाएका छन् । महानगरबाट प्राप्त भएको १ लाख रकमले वडाको विभिन्न ठाउँमा विजुलीको पोलमा वत्ती राखिएको छ । चाउथे चोकमा एउटा सार्वजनिक शौचालय बनाउने कार्यालयले सोच बनाएको छ भने सार्वजनिक शौचालय नराखी नहुने ठाउँमा शौचालय बनाउने योजना वडा कार्यालयको रहेको छ । 

हरेक वडालाई पर्यटनमैत्री बनाउने कुरा चलिरहँदा वडा नं. १४ मा पर्यकिय ठाउँमा रहेता पनि पूर्वाधारहरु नहुदाँ छायाँमा परेकोले पूर्वाधार बनाएर पर्यटकिय क्षेत्रको प्रचार गरि पर्यटक भित्राउने योजना रहेको वडाध्यक्ष कार्कीले सुनाए । आगामी दिनमा थालनीका गरेका योजना पूरा गर्ने, सोचेका योजनाहरुको सुरुवात गर्ने र अब २÷४ वर्षमा वडामा रहेका सबै बाटोलाई पिच गरेर पीचमैत्री वडा बनाउने कार्कीले बताए । वडा नं. १४ सेती र विजयपुर खोलाले खिईदै गएकोले त्यसलाई रोक्न तटबन्ध बनाउनको लागि सुन्दर टोलमा १५ लाख रकम विनियोजन गरिएको छ भने वात्सायनमा रकम छुट्टयाएर काम पनि सम्पन्न भैसकेको र विजयपुरखोलाको लागि पनि तटबन्ध बनाउन रकम छ्ट्टयाईएको छ । आगामी ५ वर्षभित्र सोलारसिष्टमबाट वडालाई उज्यालो बनाउने र खानेपानी, बाटो र सिचाई लगायत विकासका पूर्वाधारहरुको विकास गर्ने वडा कार्यालयले योजना बनाएको छ ।

Write a Comment