आँबुखैरेनीमा शिविर हुने
18-January-2018


जकसन डटकम
पोखरा, ०५ माघ

आँबु खैरेनी समाज सेवा संस्था र छिम्केश्वोरी जनरल हस्पिटल, आँबुखैरेनीको संयुक्त आयोजनामा शनिबार आँबुखैरेनीमा निःशुल्क मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परिक्षण एवं सचेतना कार्यक्रममा हुने भएको छ ।

पोखरा लेखनाथको सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा हुने शिविरमा सहभागी भई लाभ लिन आयोजकले आग्रह गरेको छ । सामाजिक उत्तरदायित्व वोध गर्दै र सर्वसाधारणसम्म सहज रुपमा स्वास्थ्य सेवा पु¥याउन योगदान गर्न कार्यक्रम आयोजना गरिएको युआएरलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए ।

Write a Comment

Events
Random Picks