व्यापार मेलाको बम्पर उपहार पारदर्शी तरिकाले खोल्ने पोखरा उद्योग वाणिज्य संघको उद्घोष, आज सविन राई एण्ड ब्याण्डको प्रस्तुति
19-January-2018


जकसन डटकम
पोखरा, ०६ माघ

पोखरा उद्योग वाणिज्य संघले  सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ को प्रवेश टिकटमा राखिएको बम्पर उपहारको घोषणामा सहभागि हुन सम्पूर्ण पोखरेलीहरुलाई आग्रह गरेको छ । मेला समापनको दिन मेलाको प्रवेशटिकटमध्ये एकजनालाई गोलाप्रथाद्धारा हुण्डाई कम्पनीको इवन गाडी उपहारको राखिएको छ । सो गाडीको बजार मूल्य १८ लाखभन्दा बढी रहेको छ । समापनको दिन पोखराका लब्ध प्रतिष्ठित व्यक्तित्व तथा संचारकर्मीहरुलाई सम्मिलित गराई खोलिने टिकट व्यवस्थापन उपसमिति संयोजक प्रेमबहादुर भुजेलले बताउनुभयो ।उहाँले आफ्नो टिकट सुरक्षित राख्न र मेलाअन्र्तगत राखिएका अन्य उपहार परे नपरेको जानकारी लिन समेत आग्रह गर्नुभयो । 

यता मेलाअन्तर्गत शुक्रबार करिब १० हजारजनाले टिकट नै काटेर मेलाको अवलोकन गरेका छन् । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीका अनुसार शुक्रबारसम्म करिब १ लाख ३० हजार जनाले मेलाको अवलोकन गरेका छन् भने करिब ८ करोडजतिको कारोवार भएको छ । मेलामा राखिएको मोवाइलका स्टलहरुले दिएको ‘एक्सचेञ्ज अफर तथा अटो स्टलहरुमा भएको गाडीको बिक्रीले यो तथ्याङ्क आएको उहाँको जिकिर छ । 

पोखरा लगायत सम्पूर्ण राष्ट्रको  औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उदेश्यले  मेलाको आयोजना गरिएको हो । लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन  भन्ने नारा अनुरुप नै यो मेला प्रदेश नम्बर ४ को ब्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्यमा  समर्पित मेला शान्तिपूर्ण रुपले अगाडि बढिरहेको मेलाका शान्ति सुरक्षा उपसमिति संयोजक किसान सुनारले बताउनुभयो । मेला उत्तरार्धतिर लम्कँदै गर्दा शनिबार हुने साँस्कृतिक कार्यक्रमलाई अझ परिस्कृत रुपले पस्कने जमर्को समेत गरिएको छ । शनिबार सविन राई एण्ड ब्याण्ड, राजनराज सिवाकोटी, मिलन अमात्यसहित हाँस्यव्यङ्ग्यका 

पल्पसा डंगोल ( चम्सुरी ) सुरवीर पण्डितको प्रस्तुति रहने छ । लोकदोहोहोरीतर्फ शनिबार प्रजापति पराजुली, पशुपति शर्मा, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, तारापति सुवेदी, दुर्गा गुरुङ, ज्योति लोहनी,केशव घिमिरेलगायतको प्रस्तुतिले दर्शकलाई भरपुर मनोरञ्जन दिने मेलाका साँस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिले बताउनुभयो ।  

 

 

Write a Comment