पोखरा देखि साबेत तिखेढुङ्गा सम्म बस यात्रा सुरु
22-January-2018


जकसन डटकम
पोखरा, ०८ माघ


पोखरा देखि साबेत तिखेढुङ्गा सम्म बसको यात्रा सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका वडा न—९ का निर्वाचित वाड सदस्य श्री नजरमान गुरुङ लगायत स्थानीय गोकर्ण खड्का र अमृत गुरुङको आफनै निजि पहलमा ३ ओट बस सन्चालनमा आउने भएको हो ।

नयाँपुल, बिरेठाटी, मातठाटी, लामदाली, बाझगरा, सुदामे, बोकिमी, साबेत, हिले, तिखेढुङ्गा, मौजा र उल्लेरीका गाउँले तथा महत्त्वपूर्ण पर्यटकिय गन्तव्यको रुपमा रहेको पुनहिल अबलोकन तथा भ्रमणको लागि आएका आन्तरिक तथा बाहेक पर्यटनहरुलाई लक्षित गरि बस सेवा सन्चालनमा लिएको संचालक तथा वडा सदस्य श्री नजरमान गुरुङले जनकारी दिए । 

नयाँपुल बाट बोकिमी र नेपाने सम्म जीप संचालक भएता पनि यात्रुहरुको चापलाई मध्यनजर गर्दै उक्त बस सन्चलनमा लिएको जानकारी संचालक अमृत गुरुङले दिए ।
  
बस सेवा पृथ्वी राजमार्ग बस ब्यबसाय समितिको मात्हतमा संचालन हुने संचालक गोकर्ण खड्काले जानकारी दिए ।

Write a Comment

Events
Random Picks