नेपालमै सर्वाधिक राशीको भजन चुड्का प्रतियोगिता हुने
2-February-2018


उमा आलेमगर
पोखरा, १९ माघ

पोखरा लेखनाथ महानगरपालिका वडा नं. २४ कास्कीकोटमा नेपालकै सर्वा्धिक राशीको खुल्ला भजन चुड्का प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । कश्यप तपोधाम माहाङकालेश्वर मन्दिर व्यवस्थापन समितिले पोखरामा पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिएको हो । प्रतियोगिता आगामी फाल्गुण १ गते हुनेछ ।

प्रतियोगितामा प्रथम हुने समुहले ५१ हजार ५ सय, दोश्रो हुने समुहले ३० हजार, तेश्रो हुने समुहले २० हजार र सान्तवना हुने समुहले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिता संयोजक ठाकुर प्रसाद त्रिपाठीले शिवरात्रीको अवसरमा आयोजना गर्न लागेको कार्यक्रममा करीव १५ टिमको सहभागिता जनाउने अपेक्षा आफुहरुको रहेको जनाए । टिम दर्ता बिहिबारदेखि सुरु भएको र दर्ताको लागि १ हजार लाग्ने त्रिपाठीले बताए ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष आनन्द प्रसाद अधिकारीले आफुहरु कास्कीकोटको विकासको लागि यस कार्यक्रम गर्न लागेको जानकारी दिए ।

प्रतियोगिताको दिन प्रतियोगितासँगसँगै विविध सांस्कृतिक, झाकी, शिव वराहत नृत्य तथा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने सांस्कृतिक उपसमितिका संयोजक तारापति सुवेदीले जानकारी दिए ।

Write a Comment

Events
Random Picks