ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु
3-February-2018


जकसन डटकम
धनुषा, २१ माघ 

जनकपुरमा ट्रिपर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । ढल्केवर तर्फ आउँदै गरेको ना ७ ख ३२२६ नम्बरको ट्रिपर अनियन्त्रित भएर मैदामिल नजिक रहेको रमण कनट्रक्सन अगाडि दुर्घटना भएको हो । दुर्घटनामा चालक र सहचालकको ज्यान गएको छ । दुर्घटनामा ट्रीपर चालक धनुषाको सपहीका २५ वर्षीय उदय शर्मा र धनुषा कै क्षिरेश्वरनाथ नगरपालिकाका २८ वर्षीय संजय पाशमानको ज्यान गएको प्रहरीले जनाएको छ ।

Write a Comment

Events
Random Picks