पुम्दीकोटमा समृद्धि र विकासका कुरा
6-February-2018


जकसन डटकम
पोखरा, २४ माघ

पुम्दीकोट विकास समिति ४ नम्बर प्रदेशका सांसदहरुलाई सम्मान गरेको छ । कार्यक्रममा प्रदेश नं ४ का ६० मध्ये ४० जना सांसद सहभागी भएका थिए । उनीहरुले पुम्दीकोट डाँडामा शिवमन्दिर बनाउन सहयोग गर्ने सामूहिक प्रतिबद्धता समेत व्यक्त गरेका छन । 

पोखराको पश्चिम तर्फ पर्ने पुम्दीकोटबाट सम्पूर्ण पोखरासहित माछापुच्छ«े, अन्नपूर्णलगायत हिमशृृंखलाको एकैसाथ अवलोकन गर्न सकिन्छ । पोखरा लेखनाथ महानगरपालिका– २२ मा अवस्थित सो ठाउँमा करिब रु ४० करोडको लागतमा महादेवको मूर्तिसहितका संरचना निर्माण गर्न लागिएको पुम्दीकोट विकास समितिका अध्यक्ष संयोजक चन्द्रकान्त बरालले जानकारी दिनुभयो । 

उहाँका अनुसार समुद्री सतहबाट एक हजार ४०० मिको उचाइमा रहेको पुम्दीकोटमा विशाल महादेवको मूर्तिसहित १०८–१०८ शिवलिङ्ग र स्वर्गद्वारी सिँढी, स्मृतिउद्यान, बालोद्यान, ध्यानकेन्द्रसहितका भौतिक संरचना निर्माण गर्न लागिएको हो ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ, नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्मा, संघीय संसद्का सदस्य रवीन्द्र अधिकारी, जगत विश्वकर्मा र प्रदेश नं ४ का सांसद किरण गुरुङ, राजीव पहारी, रामजी बराल लगायतले धार्मिक पर्यटकीयस्थलको निर्माण अभियानलाई पूरा गर्न सक्दो सहयोग गर्ने बताउनुभएको थियो । 

Write a Comment

Events