पोखरामा सुनका गहनामा मिसावट गरी बिक्री गर्ने ५ व्यापारी पक्राउ
9-February-2018

पोखरा, २६ माघ 
सुनका गहनामा मिसावट गरी बिक्रि वितरण गरेको आरोपमा पोखराका ५ व्यापारीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । आपुर्ति ब्यावस्थापन तथा उपभोक्ता संरक्षण बिभाग काठमाण्डौले गरेको अनुगमनबाट पोखराका ५ सुन पसलमा मिसावट भेटिएको हो ।

पोखरालेखनाथ महानगरपालिका स्थित सुनचादी पसलहरुको अनुगमनको क्रममा सुनका गरगहनामा मिसाबट गरी बिक्रि वितरण गरेको पाइएको भन्दै बिभागले पक्राउ गर्न निदेशन दिएको थियो ।

पक्राउ पर्नेमा महेन्द्रमान गुभाजू ( दि युनाईडेट ज्वेलर्स प्रा.लि.- चिप्लेढुंगा ) , हरी कुमार धमला ( गोर्खा एण्ड बराह ज्वेलर्स - न्यूरोड), अर्जुन बहादुर बिक ( अर्जुन पुम्दी भुम्दी सुनचादी पसल - सृजना चोक) , सन्तोष बिक ( सन्तोष सुनचादी पसल- सृजनाचोक) , महेश सुनार ( दल बहादुर एण्ड सुनचादी पसल - रामबजार) रहेको कास्कीका प्रहरी प्रबक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।

उनीहरुलाई कालो बजारी तथा केही सार्बजनिक अपराध सजाय ऐन २०३२ बमोजिम कार्बाहीको लागि आजनै म्याद थप गरी कानुन बमोजिमको अनुसन्धान भईरहेको उनले बताए ।

Write a Comment

Events
Random Picks