पोखरामा बम विस्फोट, पत्रकार पाण्डे र प्रहरी घाईते
20-February-2018

जक्सन डट कम 
फागुन ८ , पोखरा । 

पोखराको बिजयपुर खोलामा टाईम बम विष्फोट भएको छ । विष्फोटको छर्रा लागी पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।

उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । पत्रकार पाण्डे  रेडियो गण्डकी र गण्डकी टेलिभिजनमा कार्यरत छन् ।

विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको हो ।

शंकास्पद बस्तु भनेर रिपोर्टिङ गर्न पुगेका पाण्डेको टाउको र घाँटीमा चोट लागेको छ । 

कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले पत्रकार र प्रहरी घाईते भएको बताएका छन्  । ‘दुई जना घाईते भएको थाहा हुन आएको छ । संकास्पद वस्तु देखिएको जानकारी आउने बित्तिकै हामी पुग्यौं । पहिल्यै विस्फोट भयो । पोखरामा नागढुंगा र विजयपुर बाहेक अन्यत्र यस्ता वस्तु भेटिएको थाहा हुन आएको छैन।’ सिंहले भने ।

यतिबेला प्रहरी र आर्मीको टोली बिजयपुर खोला पुगेको छ ।

न्युज स्रोत : गण्डक न्युज 

Write a Comment

Events
Random Picks