टप्स मा.विले विद्यार्थीलाई किताबी किरो नबनाउने
24-February-2018

जक्सन डट कम 
फागुन १२ , पोखरा । 

पोखरा लेखनाथ–१०, रामघाटस्थित टप्स आवासीय माध्यमिक विद्यालयले आफ्नो रजत उत्सव शनिबार मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् जर्ज जोनले अभिभावकले आफ्ना बच्चाको भविष्य सुन्दर बनाउका लागि आवश्यकताअनुसार कहिले साथी जस्तो त कहिले कडा शासक जस्तो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 

बच्चालाई जन्मेदेखि ५ वर्षसम्म चाहेको कुरा दिने, १५ वर्षसम्म गुलाम जस्तो कडा अनुशासनमा राख्नुपर्ने र २५ वर्षसम्म साथी जस्तो राख्नुपर्ने धारणा उहाँले राख्नुभयो । 
टप्सले लामो समयदेखि दिएको जीवनोपयोगी शिक्षाबाट आफू निकै प्रभावित भएको बताउँदै उहाँले सीपमूलक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । अन्य पेसाका तुलनमा शिक्षण पेसा कमाइका हिसाबले कम भए पनि संसारलाई चाहिने जनशक्ति उत्पादन शिक्षकबाटै हुने भन्दै उहाँले नआत्तिन अनुरोध गर्नुभयो । 

विद्यालयका संस्थापक तथा प्राचार्य रत्नमान गुरुङले टप्सले विद्यार्थीलाई किताबी किरो बनाउने लक्ष्य नराखेको प्रष्ट पार्नुभयो । 
विद्यार्थीलाई जीवनमा आवश्यक पर्ने चौतर्फी सीप प्रदान गर्नेतर्फ टप्सले आफ्नो पाइला अघि बढाएको बताउँदै उहाँले पढाइका अलावा अतिरिक्त व्रिmयाकलापका माध्यमबाट विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गराउने प्रयास गरिएको जनाउनुभयो । 

अभिावक र विद्यालयको प्रभावकारी सञ्चारमा जोड दिइएको भन्दै प्रविधिमैत्री र परियोजनामूलक शैक्षिक गतिविधि सञ्चालन गर्दै अघि बढ्ने प्राचार्य गुरुङले प्रतिबद्धता जनाउनुभयो । आफूले निजी विद्यालय सञ्चालन गरेको भए पनि लिनेभन्दा दिने भावनाले प्रेरित भएको उहाँको भनाइ थियो ।

विद्यालयको २५ औँ अभिभावक दिवसका अवसरमा विद्यार्थीहरुको विविध सांस्कृतिक प्रस्तुतिसँगै शिक्षकहरु र विद्यार्थीहरुलाई सम्मानसमेत गरिएको छ । कार्यक्रममा नगद १० हजार रुपैयाँसहित दीर्घ सेवा सम्मान शिक्षिकाहरु मीना केसी, जमुना थापा र निलम श्रेष्ठलाई प्रदान गरिएको थियो । यस्तै तहगत र कक्षागत रुपमा उत्कृष्ट हुने विद्यार्थीेहरुलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।

विद्यालयकी संस्थापिक भक्ति गुरुङको स्वागत र सहायक प्रधानाध्यापक चित्रकुमार गुरुङको सञ्चालनमा भएको कार्यक्रममा प्याब्सन प्रदेश नं. ४ का अध्यक्ष माधवशरण उपाध्याय, अभिभावक सङ्गीता श्रेष्ठ, शिक्षक अभिभावक सङ्घ, कास्कीका अध्यक्ष हेमराज बराल, विद्यार्थी जस्मिन गुरुङलगायतले शुभकामना दिनुभएको थियो । 
सो अवसरमा शिक्षक मणिप्रसाद डुम्रेको निर्देशनमा ‘द भर्चुअल वल्र्ड’ नामक नाटक पनि मञ्चन गरिएको थियो । यस्तै, कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीहरुले नृत्य, गायन, नाटकसँगै विविध प्रस्तुतिहरु राखेका थिए । कार्यव्रmममा शिक्षिका चेतमाया गुरुङ र १०+२ का संयोजक निर्मल सोतीले पनि बोल्नुभएको थियो ।

२०५० सालमा स्थापित विद्यालयले रजत वर्षका अवसरमा यसअघि सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरिसकेको छ भने वर्षभरि विभिन्न कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाएको छ । कक्षा ११ र १२ मा व्यवस्थापन, विज्ञान र होटल व्यवस्थापन सङ्कायको पढाइ सञ्चालन भइरहेको विद्यालयमा हाल ७ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने ४० भन्दा बढी शिक्षक/ कर्मचारी कार्यरत रहेका छन् ।

Write a Comment

Events
Random Picks