भारतबाट आएको पर्यटक बसमा रक्तचन्दन
4-April-2018

मंगलबार (हिजो) काठमाडौंमा कपडासहित पक्राउ परेको बसमा रक्तचन्दन पनि फेला परेको छ । मंगलबार नयाँ दिल्लीबाट काठमाडौं प्रवेश गरेको ना ४ ख ४५१६ नम्बरको पर्यटक बसबाट २५ लाखबराबरको कर छलीको कपडा बरामद भएको थियो ।

त्यही बसमा रक्तचन्दनको धुलो र मालाहरु भेटिएको काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलले बताए । यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ । मंगलबार नै प्रहरीले बसका चालक र सहचालकलाई पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिसँगै सामान आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीको लागि राजश्व अनुसन्धान विभाग ललितपुरमा पठाइने एसएसपी पोखरेलले बताए ।   

Write a Comment