यातायात व्यवसायीले देशब्यापी हड्ताल गरेमा समिति दर्ता खारेज गर्ने सरकारको चेतावनी
17-April-2018

सरकारले  सिण्डिकेट कायम हुनुपर्ने माग राख्दै देशब्यापी हड्तालको चेतावनी दिने यातायात व्यवसायीलाई यस्तो कडा जवाफ दिएका  छन् ।यातायातमा हड्ताल गरेमा त्यस्ता यातायात समितिको दर्ता खारेजसम्म गरिदिने चेतावनी सरकारले  दिएको  छ ।

गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी संस्था दर्ता ऐन २०३४ र आवश्यक सेवा सञ्चालन ऐन २०१४ को कानुनी प्रावधानलाई टेकेर सरकारको निर्देशन नमान्ने यातायात समिति खारेज गर्ने चेतावनी दिएको हो । हाल देशभरी क्रियाशील धेरै यातायात समितिहरु संस्था दर्ता ऐन २०३४ अनुसार गैर सरकारी संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् ।

मन्त्रालयले यस्ता समितिहरुले सरकारले दिएको निर्देशन पालना गर्नुपर्ने कानुनी व्यवस्था नै रहेको भन्दै पालना नगरे दर्ता खारेज गर्ने अधिकार सरकारी अधिकारीसँग रहेको चेतावनी दिएको हो । संघसंस्थाले ऐनको व्यवस्था विपरीत काम गरेमा स्थानीय अधिकारीले त्यस्ता संस्था खारेज र निलम्बन गर्न सक्ने मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

Write a Comment

Events
Random Picks