पोखरामा भित्रियो प्यासेन्जर गाडी नयाँ टाटा टिगोर
29-November-2018


जक्सन डटकम
पोखरा, मंसिर १३

टाटा मोटर्सको उत्पादन टाटा टिगोर गाडी पोखरामा भित्रिएको छ । टाटा कम्पनीका उत्पादन नेपालमा आधिकारिक रुपमा विक्रि गर्ने सिप्रदी ट्रेडिङ प्रालिले पोखरामा विहिबारदेखि यो गाडी लन्च गरेको हो ।

पोखरामा विहिबारदेखि शुरु भएको सफल पोखरा एक्स्पो एवं तेस्रो व्यापार मेलाको स्टलमा गण्डकी प्रदेशक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त मोटरको उद्घाटन गरेका थिए । कम्पनीले यो प्यासेन्जर गाडी मनमोहक बाहिरी र भित्री बनाबट भएको दाबी गर्दै यसको न्युनतम मुल्य २७ लाख ५५ हजार मुल्य पर्ने जनाएको छ ।

यो गाडी पोखरामा सिप्रदीका आधिकारिक विक्रेता दिप मोटर्स प्रालिमा उपलब्ध हुनेछ । टाटा मोटर्सका अन्तर्राष्ट्रिय युनिटका प्रमुख सुजन रोयले यो गाडी सही मुल्यमा बोल्ड, आकर्षक बनावट र उपयुक्त प्रिमियम खोज्ने ग्राहकको चाहनालाई मध्य नजर राखेर कला, कार्यक्षमता, आराम र प्रविधिको समिश्रण गरेको बताए । 

कम्पनीले यस गाडीमा अतुलनीय आरामदायी, नेक्स्ट जेनेरेसन एचएमआई, सर्वोत्कृष्ट सुरक्षा जस्ता विशेषता रहेको बताएको छ । 

 

 

Write a Comment

Events
Random Picks