‘पोखरा इन्टरनेट’ र ‘क्लियर टिभी’को भ्यालेन्टाइन प्याकेज
12-February-2019

जक्सन डटकम
पोखरा, माघ २९

पोखरा इन्टरनेट र क्लियर टिभीले ग्राहकहरुको लागि भ्यालेन्टाइन स्पेशल प्याकेज सार्वजनिक गरेको छ । प्रेम दिवसमा आफ्ना ग्राहकहरुसँग माया साट्ने उद्देश्य सहित कम्पनीले प्याकेज सार्वजनिक गरेको हो । 

प्याकेज अनुसार भ्यालेन्टाइन डे कै दिन अर्थात फेब्रुअरी १४ मा इन्टरनेट जोड्ने ग्राहकहरुले महिनाको ६ सय ९९ रुपैयाँ मात्रै शुल्क तिर्नुपर्ने हुन्छ । यो दिनमा इन्टरनेट जोड्दा कम्पनीले ग्राहकसँग छुट्टै जडान शुल्क पनि नलिने जनाएको छ ।

‘यो प्याकेज अनुसार सामान्य हिसाबले भन्ने हो भने ग्राहकले ५३ प्रतिशत छुटमा इन्टरनेट जडान गर्न पाउनेछन् ।’ पोखरा इन्टरनेटका प्रमुख कार्यकारी अधिकृत सरोज कोईरालाले भने–‘यद्यपी ग्राहकहरुले एक वर्षभरिको इन्टरनेट शुल्क एकैचोटी तिर्नुपर्ने हुन्छ ।’

पोखरा इन्टरनेटका अनुसार यो प्याकेज अन्तरगत कम्पनीले ग्राहकका लागि १५ एमबिपिएस स्पिडको इन्टरनेट उपलब्ध गराउनेछ । यो प्याकेज एक दिनका लागि मात्र रहने भएकोले जति सक्दो धेरै ग्राहकहरुलाई यो अवसरको फाइदा लिन कम्पनीले आह्वान गरेको छ । 

यस्तै पोखरा इन्टरनेटले नै वितरण गर्दै आएको क्लियर टिभीले पनि भ्यालेन्टाइन स्पेशल प्याकेज सार्वजनिक गरेको छ । क्लियर टिभी तर्फ भने भ्यालेन्टाइन डे कै दिनमा क्लियर टिभी जोड्ने घरमा एउटा अर्को सेटअप बक्स निशुल्क उपलब्ध गराईने क्लियर टिभीका मार्केटिङ अफिसर बिष्णु बाँस्तोलाले बताए । 

यसरी जोडिएको सेटअप बक्स मध्ये एउटा सेटअप बक्सबाट निशुल्क रुपमा ६ महिनासम्म टिभी हेर्न सकिने कम्पनीले जनाएको छ । यो प्याकेज पनि एक दिनका लागि मात्रै रहने कम्पनीले जनाएको छ । 

Write a Comment

Events