वल्र्डलिंकले ल्यायो दशैं–तिहारको उपलक्ष्यमा नयाँ र आर्कषक अफर
8-September-2019

जक्सन डटकम
पोखरा, २२ भदौ

दशैं–तिहारको उपलक्ष्यमा इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले नयाँ र आर्कषक अफर ल्याएको छ।

अफर अन्तर्गत ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजीएलईडी टीभी र निशुल्क नेट टीभी सेवा रु २५ हजार ९ सय ९० मा पाउनेछन्। यो अफर २५,४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

यसका साथै वल्र्डलिंकले आफ्ना ग्राहक वर्गमा कुनै पनि सामान्य टिभीलाई युट्युब फिचर मार्फत स्मार्ट टिभी बनाउने सुविधा पनि प्रदान गरेको छ।

यसका साथै सम्पूर्ण नँया तथा नियमित ग्राहकहरुले खल्ती एपमा उपयोग हुनेगरी रु २५० नगद ब्यालेन्स प्राप्तगर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

Write a Comment

Events
Random Picks