सातै प्रदेशमा नेपाल टेलिकमको फोरजी सेवा, डाटामा शतप्रतिशत वोनस दिने
2-October-2019


जक्सन डटकम
पोखरा १५ असोज 

नेपाल टेलिकमले आजदेखि सातै प्रदेशमा फोरजी सेवा सुरु गर्ने भएको छ। यसअघि काठमाडौं र पोखरामा मात्र फोरजी सेवा दिंदै आएको टेलिकमले आजदेखि सातै प्रदेशका प्रमुख सहरमा सेवा विस्तार गर्न लागेको हो।प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गर्ने यो सेवा एड्भान्स प्रविधिमा आधारित भएको टेलिकमले जानकारी दिएको छ।

सातै प्रदेशका गरी कुल ३२ जिल्लाका प्रमुख सहरमा विस्तार गरिएको टेलिकमले जानकारी दिएको छ । उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुने र मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुने कम्पनीको विश्वास छ।फोरजीरएलटीई सेवा एलटीई एड्भान्स्ड प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।


नेपाल टेलिकमले देशमै पहिलो पटक वि।सं। २०७३ पुस १७ मा काठमाडौं र पोखराबाट फोरजीरएलटीई सेवाको शुरुवात गरेको थियो । यस सेवाको विस्तारका क्रममा देशभर सातै प्रदेशमा सेवा सञ्चालनका लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता गरेको थियो। कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएका थिए ।कम्पनीले सम्झौताको एक वर्षभित्रै देशभर फोरजी नेटवर्क विस्तार गर्ने लक्ष्यका साथ कार्य अघि बढाइरहेको बताएको छ।

कम्पनीले सातै प्रदेशमा फोरजीरएलटीई सेवाको सुरु गरेको अवसरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरुका लागि इन्टरनेट प्याकेजमा अफर पनि ल्याएको छ। यसअघि नै मोबाइलका उपभोक्ताहरुलाई प्रदान गरिएका केही अल टाइम डाटा अफरमा शत प्रतिशत डाटा भोल्युम थप गरी साविकको मूल्यमै दिइने कम्पनीले बताएको छ।

यसअघि २५ रुपैयाँमा २ सय एमबी डाटा प्रदान गरिरहेकोमा फोरजी एलटीई सेवाका ग्राहकहरुलाई सोही दरमा २०० एमबी थप गरी जम्मा ४०० एमबी डाटा पाउने छन्।त्यस्तै १ सय रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको ५०० एमबी डाटा प्याकेज फोरजी एलटीइका सेवाग्राहीलाई थप ५०० एमबी डाटा वोनस पाउने छन्। २८ दिनसम्म प्रयोगमा गर्न सकिने २ सय ४० रुपैयाँमा १।५ जिबी डाटा प्याकेज फोरजी एलटीई मोबाइल प्रयोगकर्तालाई सोही मूल्यमा ३ जिबी डाटासहित प्राप्त हुनेछ । यो अफर अर्को सूचना जारी नभएसम्मका लागि जारी रहने कम्पनीले जानकारी दिएको छ।

Write a Comment

Events