चीनको अनौठो हेलिकप्टर प्रदर्शनमा
17-October-2019


बेइजिङ्ग, ३० असोज

चीनले एउटा अनौठो खालको हेलिकप्टर प्रदर्शनमा राखेको छ ।

चिनियाँ सञ्चार माध्यममा ‘सुपर ग्रेट ह्वाइट सार्क’ नाम दिएको सो हेलिकप्टर विश्वमा बनिरहेका हेलिकप्टरभन्दा फरक छ । चिनियाँ अधिकारीहरुले यो हेलिकप्टर अहिले चलाउनका लागि भन्दा पनि भविश्यमा ‘डिजिटल इन्फर्मेसन ब्याटलफिल्ड’का लागि तयार पारिएको जनाएका छन् ।  

यो हेलिकप्टर अत्यधुनिक हेलिकप्टरको फ्युजनको रुपमा बनाइएको हो । जस्तो अमेरिकाको एएच-६४ अपाची र सीएच-५३ सी स्टालियन तथा रुसको केए -५२ र एमआइ-२६को समेत फ्युजनको रुपमा यो बनाइएको हो । 

यो हेलिकप्टर ७.६ मिटर लामो छ भने करिब ३ मिटर उचाई रहेको छ । दुई जना क्रुको लागि कोठा छ । सो हेलिकप्टरको प्रदर्शन गएको साता तियान्जिनमा गरिएको जनाइएको छ ।  ९सीएनएन०

Write a Comment

Events