‘टिकटक’ले ल्यायो स्मार्टफोन
6-November-2019


एजेन्सी, २० कात्तिक

पछिल्लो समयको चर्चित सोसल मिडिया प्लाटर्फम टिकटकको मातृ कम्पनी बाइट डान्सले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ ।

ByteDance ले Smartisan Jianguo Pro 3 नामक स्मार्टफोन लञ्च गरेको हो । कम्पनीले स्मार्टफोन बजारमा ल्याउने समाचार वर्षको सुरुमै सार्वजनिक भएको थियो । अन्ततः आफ्नो फ्लागसीप डिभाइसको रुपमा बाइट डान्सले स्मार्टिसान जियांगुओ प्रो ३ स्मार्टफोन सार्वजनिक गरेको हो ।

यो स्मार्टफोनमा धेरै उत्कृष्ट फिचरहरु रहेको बताइएको छ । जसमा शक्तिशाली प्रोसेसरका साथै पछाडिको भागमा ४ वटा मुख्य क्यामरा रहेका छन् ।चीनमा लञ्च गरिएको यो फोनको सुरुवाती मूल्य २८ सय ९९ युआन तोकिएको छ । जुन करीब ४५ हजार रुपैयाँ हुन्छ ।यो स्मार्ट फोनमा १०८० गुणा २३४० पिक्सेल रिजोलुसनयुक्त ६.३९ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले रहेको छ ।

यसमा १२ जिबीसम्मको र्याम छ भने २५६ जिबीको स्टोरेज रहेको छ । साथै फोनमा स्नापड्रागन ८५५ प्लस प्रोसेसर रहेको छ ।यो फोनले स्मार्टिसन अपरेटिङ सिस्टममा काम गर्दछ । तर यो एन्ड्रोइडको कुन संस्करणमा आधारित छ भन्ने बारेमा खुलाइएको छैन । २५६ जिबी इन्टर्नल स्टोरेजयुक्त फोनमा फास्ट डाटा ट्रान्सफरका लागि ग्ँक् घ।ण् सपोर्ट उपलब्ध छ ।

फोटोग्राफीका लागि टिकटकको यो फोन उत्कृष्ट रहेको छ । यसमा क्वाड रियर क्यामरा सेटअप रहेको छ । अर्थात् पछाडिको भागमा रहने क्यामराहरु चारवटा रहेका छन्। जसमध्ये ४८ मेगापिक्सेलको प्राइमरी सेन्सरसँगै १३ मेगापिक्सेलको वाइड एंगल क्यामरा, ८ मेगापिक्सेलको टेलिफोटो लेन्स र ५ मेगापिक्सेलको म्याक्रो क्यामरा पनि रहेको छ । यो फोनको प्राइमरी क्यामरामा सोनी क्ष्ःह् ५८६ सेन्सर रहेको छ । त्यस्तै यो स्मार्टफोनमा २० मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । ४ हजार मिलिएम्पियर आवर क्षेमताको ब्याट्री रहेको यो फोनको ब्याट्रीले क्विक चार्ज फोर प्लस चार्जिङ सपोर्ट गर्दछ ।

कम्पनीले यो फोनका विभिन्न तीन प्रकार लञ्च गरेको छ । जसमा पहिलो ८ जिबी र्याम र १२८ जिबी स्टोरेजवाला रहेको छ, जसको मूल्य २८९९ युआन रहेको छ । त्यस्तै ८ जिबी र्याम र २५६ जिबी स्टोरेजवाला फोनको मूल्य ३१९९ युआन रहेको छ भने १२ जिबी र्याम र २५६ जिबी स्टोरेजवाला फोनको मूल्य ३५९९ युआन रहेको छ । सेतो र कालो रङमा उपलब्ध यो फोन हाल चिनिया बजारका लागि मात्र लञ्च गरिएको हो । 

Write a Comment

Events