एनसेलको ल्यायो सस्तो अफर ‘अल नेट भ्वाइस प्याक’
13-November-2019


काठमाडौँ, २७ कात्तिक 

एनसेल प्राईभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ। यस अन्तर्गत ग्राहकले कर बाहेक प्रति मिनेट १ रूपैयाँमा देश भित्रको सम्पुर्ण नेटवर्कमा कल गर्न सक्छन् ।

यो अफर बाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रति मिनेट १.९९ लाग्नेछ।   

यो अल नेट भ्वाइस प्याक मंगलबार (कार्तिक २६) देखि संचालनमा आएको हो।

यस प्याक अन्तर्गत ग्राहकले २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) कर बाहेक २० रूपैयाँ (कर सहित रु २५.५४) मा लिन सक्छन्।

एनसेलले पहिलो पटक यसरी देश भित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याइएको दाबी गरेको छ।

यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ ह्यास डायल गर्नुपर्नेछ। प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ।

यो अफर माघ २६ गते सम्म संचालनमा रहने छ।

Write a Comment

Events