किन गुमायो फेसबुकले एक सातामै ५८ अर्ब डलर ?
24-March-2018

जक्सन डट कम 
चैत्र १०, पोखरा ।

फेसबुकले आफ्नो तथ्यांक अनधिकृत रुपमा अरुलाई दिएको विवादपछि यो साता कम्पनीको मूल्य ५८ अर्ब डलर कम भएको छ। करिब ५ करोड प्रयोगकर्तालाई असर पु¥याएको यो काण्डपछि फेसबुकका सिइओ मार्क जुकरवर्गले माफी मागेका छन्।

तर जुकरवर्गले माफी मागिसकेपछि पनि लगानीकर्ताहरुले सेयर बेच्ने क्रम रोकेका छैनन्। आगामी दिनमा यो कम्पनीमा अझ ठूलो नोक्सानी हुने डरका साथ उनीहरुले सेयर बेचेका हुन्।

गत सोमबार १७६.८० डलर रहेको सेयरको भाउ शुक्रबार साँझसम्ममा घटेर १५९.३० डलर पुगेको छ।

त्यसका साथै सामाजिक सञ्जालहरुमा ह्यासट्याग डिलिट फेसबुक ट्रेन्ड समेत सुरु भएको छ। एजेन्सी

Write a Comment

Events
Random Picks