pokhara
समुदाय प्रहरी साझेदारी अन्तर्गत कार्यक्रम
21-January-2019
जक्सन डटकम पोखरा, माघ ७ जिल्ला प्रहरी कार्यलय कास्कीको  आयोजनामा शान्तिपुर्ण एवं सुरक्षित समाज निर्माणका लागी सरोकार वालाहरुसगँ आगामी रणनिति कार्ययोजनाका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ कास्कीको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला स्थित विभिन्न सरोकारवाला निकायका प्रमुख एवं प्रतीनिधीको उपस्थिती रहेको थियो ।…
शान्ति सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
21-January-2019
जक्सन डटकम पोखरा, माघ ७  प्रेस क्लब पोखराले नयाँबजारमा आयोजना गरेको शान्ति सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा संघिय प्रहर इकाई कार्यलय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी, नागरिक समाज कास्कीका अध्यक्ष राम बहादुर पौडेल, सरोकारवाला निकायका प्रतिनिधिहरु, आम नागरिक, पत्रकार लगायतको उपस्थिति रहेको थियो…
चिप्लेढुङ्गाको ‘क्याफे डि गार्डेन’ नयाँ व्यवस्थापनमा, ७० लाख खर्चे दुई युवाले लिए जिम्मेवारी
21-January-2019
जक्सन डटकम  पोखरा, माघ ७ पोखराका दुई युवाले ‘क्याफे दी गार्डेन’ रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । पोखराका त्रियाशिल युवा पत्रकारद्वय अर्जुन गिरी र विजय लम्सालले ७० लाखको लगानीमा रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् । पोखराको मुख्य चोक चिप्लेढुंगामा सञ्चालनमै रहेको रेष्टुरेन्टलाई ‘रिन्नोभेट’ गरेर नयाँ व्यवस्थापनका साथ रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।…
मौजाका विद्यार्थीलाई सेनिटरी प्याड
21-January-2019
जक्सन डटकम पोखरा, माघ ७ रोटरी क्लब अफ पोखरा न्युरोडले पोखरा–२० मौजाका विद्यार्थीलाई सेनिटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेको छ । रोटरी मोडल भिलेज अभियान अन्तर्गत क्लबले सोमबार मौजाको हिमालय माविका छात्रालाई पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण गरको हो । बाबा फाउन्डेसनसँगको सहकार्यमा क्लबले सेनिटरी प्याड, कापी, कलम…
पोखराको खोलाबेसी टोल बिकास संस्थाको अध्यक्षमा आचार्य
21-January-2019
जक्सन डटकम  पोखरा ७ माघ खोलाबेसी टोल बिकास संस्थाको अध्यक्ष कृष्णराज आचार्य निर्वाचित भएका छन् । पोखरा महानगरपालिका वडा नम्वर ३१ मा रहेको खोलाबेसी टोल बिकास संस्थाको शनिबार सम्पन्न चौधौं बार्षिक साधारण सभा एवं चौथो अधिबेशनबाट आचार्य सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।  संस्थाको उपाध्यक्षमा सुर्य प्रसाद सुबेदी, सचिबमा कमल…
पोखरामा क्षेत्री समाजको महिला समिति गठन
21-January-2019
जक्सन डटकम  पोखरा ७ माघ ​क्षेत्री समाज प्रारम्भिक समिति पोखरा–१६ को महिला भेलाले सुशीला थापाको अध्यक्षतामा २४ सदस्यीय महिला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कमला कार्की, सचिवमा गंगा कार्की, सहसचिवमा विष्नु वस्नेत, र कोषाध्यक्षमा खिमकुमारी जि.सी चयन हुनु भएको छ । सदष्यमा गिता विष्ट, निरा वस्नेत, श्रीदेवी थापा,…
पोखरामा चोरी गर्ने गिरोह पक्राउ
20-January-2019
जक्सन डटकम पोखरा, माघ ६ पोखरा महानगरपालिका भित्र चोरी गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ परेको छ । आइतबार दिउँसो वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पृथ्वी चोकमा शंकास्पद अवस्थामा भेटिएका चितवनका सुनिल श्रेष्ठलाई पक्राउ गरि सोधपुछ गर्दा उक्त गिरोहलाई समात्न सफल भएको हो ।  सुनिल सँगै बाग्लुङ…
शारीरिक सुगठनमा विश्व विजेतालाई पोखरामा सम्मान
19-January-2019
जक्सन डटकम पोखरा ५ माघ  शारीरिक सुगठन तथा फिजिक स्र्पोटस च्याम्पियनशिपका स्वर्ण पदक बिजेता महेश्वर महर्जनलाई पोखरा महोत्सवमा सम्मान गरिएको छ । हालै थाइल्याण्डमा सम्पन्न १० औ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियन सीपमा स्वर्ण पदक ल्याइ नेपाललाई विश्व सामु चिनाउन सफल महर्जनलाई महोत्सव आयोजक युनाइटेड क्लवले नगद सहित…
बलात्कारपछि हत्या भएकी श्रेयाको परिवारलाई सहयोग
19-January-2019
जक्सन डटकम पोखरा ५ माघ बलात्कार पछि हत्या गरिएकी पुम्दी- भुम्दीकी श्रेया सुनारको परिवारलार्ई पोखरा सभागृहमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सहयोग हस्तान्तरण गरेको छ । सहकारीले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा शनिबार १५ हजार रुपैयाँ सहयोग गरेको हो । सहकारीको सिंगो कार्य समिति श्रीयाको घर पुगेर उनकीआमा…