असहाय बालबालिका सहयोगार्थ बसन्त थकाली एकल साझँ हुदै
26-April-2018

पोखरा, वैशाख १३
जक्सन  डट कम 

पोखरामा असहाय बालबालिका सहयोगार्थ बसन्त थकाली एकल साझँ हुने भएको छ । कार्यक्रम  बसन्त रुविना फाउण्डेशनको आयोजनामा यही बैशाख १६ गते (शनिबार) पोखरा उधोग वाण्ज्यि हलमा हुने जानकारी समितीका संयोजक टंकराज सुवेदीले बताए

एकल साझमा थकालीले  दुई घण्टा आपना एक दर्जन लोक गीत गाएर मनोरञ्जन गराउने छन् । विकट क्षेत्रमा बसोबास गर्ने  र गायनमा रुचि राख्ने प्रतिभावान बालबालिकाहरुका लागी संगीत एकेडेमीको स्थापना गर्ने ,भुकम्प पिडितहरुलाई तत्काल राहत वितरण गर्ने र पिछडिएका ठाउँमा रहेका विधालयहरुमा शैक्षिक तथा खेलकुदका पुर्वाधार निर्माणमा सहयोग गर्ने फाउण्डेशनको उद्धेश्य रहेको छ । कार्यक्रमको संकलित रकमबाट गरिब तथा विपन्न वर्गका बालबालिकाहरुको लागी शैक्षिक सामगी प्रदान गर्ने गायक थकालीले बताएका छन् ।
आशा गरौ, यस फाउण्डेशनको सहयोग बाट भविष्यमा धेरै गरिब र अभावमा भएका बालबालिकाहरुले पढ्ने सुर्वण अवसर पाउनुका साथै आपना प्रतिभा प्रस्फुटन गर्न सक्ने हुनेछन् ।

Write a Comment