फोटो पत्रकार मिलन तमुको रोधीघरको आंगन भाग २ कौरा गीतको घाचोकमा छायांकन
29-April-2018


हुम तमु
पोखरा, ११ वैशाख
कास्की जिल्ला माछापुच्छ«े गाउपालिका रिभान गाँउ भई युकेमा कार्यरत वरिष्ठ फोटो पत्रकार मिलन तमुको दोश्रो प्रस्तुति रोधीघरको आँगन भाग २ कौरा गीतको मंगलवार घाचोकमा छायांकन गरिएको छ।
बेलायती सैनिक भई तमु धिं युकेको कार्यसमिति सदस्य समेत रहनुभएका निर्माता मिलन तमुको शब्द रहेका कौरा गीतको माछापुच्छ«े गाउपालिका घाचोकस्थित माछापुच्छ«े भिलेज इनमा छायांकन गरिएको हो।


त्यो लाली जोवन कल्लाई साचेको बोलको गीतमा आर.के. गुरुङ र तारा श्रीस मगरले स्वर दिनुभएको छ। पबित्रा गुरुङको डिरेक्सन रहेको भिडियोमा कोरियोग्राफी साजन गुरुङ र छायांकन प्रकाश(कास) तमुले गर्नुभएको छ भने गुरुङ चलचित्रका नायक नायिका, कलाकारहरुले म्युजिक भिडियोमा साथ दिएका छन्।


गतवर्ष रोधी घरको आँगन कौरा गीत प्रस्तुत गर्नुभएको मिलन तमुले नेपाली मौलिक लोक सँस्कृतिलाई संरक्षण सवद्र्धनका लागि रोधी घरको आँगन भाग २ को छायांकनमा जुटेको बताउनुभयो। सबैको साथ, माया र हौसलाकै कारण आफुले सांगितीक क्षेत्रमा केही योगदान पुर्याउन जमर्को गरेको उहाँको भनाई छ।
तमु धिं युकेको अफिसियल फोटो ग्राफर समेत रहनु भएको मिलन तमुलाई छायांकन स्थलमै पुगेर तमु धिं युकेको अध्यक्ष ज्ञाम तमु, आमा अध्यक्ष प्रेमा तमु, उपाध्यक्ष हितकाजी तमु,सिता तमु, निर्वतमान अध्यक्ष रामचन्द्र सुर्य तमु, संस्थापक अध्यक्ष मिनप्रसाद तमु, सल्लाहकार तथा क्होला सोंथर अध्ययन भ्रमणका संयोजक एकेन्द्र तमु, सल्लाहकार जुमकाजी तमु, सल्लाहकार तथा कोने घोताने परिवार युकेका अध्यक्ष नरजंग तमु सल्लाहकार ओमेन्द्र तमु, कार्यसमिति सदस्य श्रीप्रसाद तमु, भिम तमु, जगत तमुले साथ दिनुभएको थियो।यसरी नै तमु धिं नेपालका महासचिव गिरीप्रसाद तमु, द्धितिय उपाध्यक्ष हुमबहादुर तमु, तमु प्ये ल्हु संघ महिला समितिका निवर्तमान अध्यक्ष पुष्पा तेल्मै तमु, युवा समिति अध्यक्ष शुक्रराज सर्वुजा तमु, तमु प्ये ल्हु संघ जिल्ला सदस्य फोटो पत्रकार मनिराज सरब्ज तमु, ह्वाइट लोटसका दिपक तमु समेत साथ रहेको थियो । 


सर्जक मिलन तमुलाई तमु धिं युके परिवार तथा क्होला सोंथर अध्ययन भ्रमण टोलीका तर्फबाट तमु धिं युकेका अध्यक्ष ज्ञाम तमु, क्होला सोंथर अध्ययन भ्रमण टोलीका संयोजक तथा तमु धिं युकेका सल्लाहकार एकेन्द्र तमु लगायत तमु धिं परिवारका तर्फबाट भाङ्ग्रा, फेटा, खादाबाट बधाई ज्ञापन गर्दै मायाको चिनो प्रदान गरिएको थियो।

Write a Comment

Events
Random Picks