नेहा पुनको हत्या काण्डको फैसला, सतीश दोषी ठहर
30-April-2018

पोखरा, १७ वैशाख 
जक्सन डटकम
हत्या भएको दुई वर्ष पछि मात्र नायिका योरुना पुन ९नेहा० हत्याको फैसला भएको छ । नेहाको हत्या काण्डमा पोखरा वडा नं ९ का नयाँबजारका २१ वर्षीय अपराधी कृतन खड्गी (सतिश) दोषी ठहर भएका छन् ।
गत वर्ष २०७२ माघ १८ गते राति भएको हत्या काण्डमा संलग्न उनलाई जिल्ला अदालत कास्कीले २५ वर्ष कैदको फैसला गरेको हो ।

 

आइतबार जिल्ला न्यायधीश रमानाथ पौड्यालको इजलासले खड्गीलाई कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैद र जबर्जस्ती करणी उद्योगमा ५ बर्ष कैदको फैसला सुनाएको हो । उनले दुई अपराधमा २५ वर्ष कैद जिवन बिताउनुपर्नेछ ।जिल्ला सहायक न्यायधिवक्ता नवराज रेग्मी र अधिवक्ता सुरेन्द्र थापा मगरले पीडित पक्षबाट तथा अधिवक्ता दुर्गेशराज पन्त र माधवी पाण्डेले विपक्षीका तर्फबाट बहस गरेका थिए ।

 

Write a Comment