पर्यटकीय क्षेत्रमा डस्टविन वितरण
13-May-2018

जक्सन डटकम 
बैशाख ३०, पोखरा

 

पश्चिमाञ्चल होटल संघ पोखराको अगुवाई तथा निओकस कन्सर्न प्रालि नागढुंगा पोखराकोे सहयोगमा पोखराको लेकसाइड तथा ड्यासाइड क्षेत्रमा ५० वटा डस्टविनहरु निशुल्क वितरण गरिएको छ । 
शनिवार लेकसाइडमा आयोजित कार्यक्रममा संघका अध्यक्ष विकल तुलाचनले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य हरिकृष्ण प्रहारीलाई ४० वटा डस्टविन हस्तान्तरण गरेका थिए । यसैगरी अध्यक्ष तुलाचनले ड्यामसाइड क्लबका महासचिव कृतिवल्लभ त्रिपाठीलाई १० वटा डस्टविन प्रदान गरेको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । ती डस्टविनहरु आबश्यकता अनुसार लेकसाइड र ड्यामसाइड क्षेत्रमा प्रयोगमा ल्याइने छन् ।


सो अवसरमा बोल्दै संघका अध्यक्ष तुलाचनले सरसफाई मानव जीवनको अभिन्न पक्ष भएको भन्दै पर्यटकीय क्षेत्रमा सरसफाई झनै आबश्यक पर्ने स्मरण गराए । संघले सरसफाईको क्षेत्रमा विभिन्न समयमा विविध गतिविधि समेत गर्दै आएको भन्दै उनले डस्टविन सहयोगका लागि निओकसलाई धन्यवाद दिए ।निओकस कन्सर्न प्रालि पोखराका प्रबन्ध निर्देशक इन्जिनियर सरोज कायस्थले आफ्नो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यटकीय क्षेत्रलाई सफा राखी फोहर व्यवस्थापन गर्न डस्टविन वितरण गरेको कार्यक्रममा बताए ।

संघसँग हातेमालो गरेर काम गर्न पाउँदा आफ्नो संस्था खुशि भएको उनले सो अवसरमा सुनाए । कार्यक्रममा वडा सदस्य पहारी र ड्यामसाइड क्लबका महासचिव त्रिपाठीले पनि भनाई राखेका थिए । 
एयर कन्डिसनरको मर्मत तथा ग्रि एयर कन्डिसनरको आधिकारिक विक्रेताको रुपमा निओकसले काम गर्दै आएको जानकारी पनि कायस्थले दिए । निओकसको अर्थ संस्कृतमा सुविधाजनक (कम्फर्ट) भनेर बुझिने पनि उनले सुनाए । निओकसका बजार प्रमुख दीपकिरण गौतम, वडा समन्वय समिति बैदामका संयोजक गिरिराज अधिकारी तथा समाजसेवी रामराज पहारीको पनि कार्यक्रममा उपस्थिति थियो ।

 

Write a Comment

Events
Random Picks