कास्कीका नयाँ प्रहरी प्रमुखको १२ बुंदे कार्ययोजना ; गुण्डाले स्कटिङ्ग गरेको आरोप झुटो भएको दाबी
16-May-2018

सुरक्षा श्रेष्ठ / जक्सन डटकम
जेष्ठ २, पोखरा 

पोखरेली जनता माझ चर्चित बनेका कास्की प्रहरी प्रमुख अशोक सिंहको सरुवा भएपछी उनको स्थानमा ओम बहादुर राना सरुवा भएर आएका छन् । आफुले कार्यभार सम्हालेको चार दिनमै उनले १२ बुंदे कार्ययोजना सार्वजनिक गरेका छन । 

बुधबार बिहान पत्रकार सम्मेलनको आयोजनागरी उनले कार्ययोजना सार्वजनिक गरेका हुन । उनले कास्कीमा हुने हरेक अपराधको विरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए । 

खासगरी पोखरा र आसपासका क्षेत्रमा हुने गुण्डागर्दी निर्मुल पार्न आफु कडा रुपमा प्रस्तुत हुने र त्यसको अन्त्य गर्ने  उनको दाबी छ । यधपी उनि पोखरा आउदा गुण्डा नाईकेहरुले नै स्कटिङ्ग गरेको भन्ने आरोप उनीमाथी लागेको थियो । तर उनले सो आरोप सरासर झुट भएको दाबी गरेका छन ।

अपराधिक क्रियाकलापहरु माथी कास्की प्रहरी निर्ममता पूर्ण अपरेशनमा लाग्ने र जनतामा शान्ती सुरक्षाको प्रत्याभुती दिने प्रहरी प्रमुख रानाले बताए ।

एसपी रानाले गुण्डागर्दी, लागुऔषध, महिला हिसां, जनताको सुरक्षा लगाएतका विभिन्न समुह बनाएर प्रहरी परिचालन गर्ने बताए । उनले लागूऔषध प्रयोग कर्तालाई मात्र नभइ बिक्री गर्ने र डिलरवालालाई पक्राउ गर्ने योजना बनाएको एसी रानाले सुनाए ।

रानाले सार्वजनीक गरेको १२ बुँदै कार्य योजनामा पोखराको मुख्य बजार र राजमार्ग क्षेत्रमा सिसी टिभी जडान गरी २४ घण्टा प्रहरीले निगरानी गर्न, प्रविधियुक्त प्रहरी सेवा, भौतिक तथा प्राविधिक पूर्वाधारको निर्माण लगाएत समेटिएको बताए ।

उनले कसैले डर धम्की देखाएर फिरौती मागेमा तुरुन्तै जानकारी दिन सबैसगँ आग्रह गरे । उनले प्रहरीले तत्काल कानुन अनुसार पक्राउ गरी कारबाही गर्ने बताए । 

एसपी रानाले सार्वजनिक मानिसहरुले देखेको, सुनेको घटना बारे जानकारी दिएर सहयोग गर्न र सल्लाह सुझावको समेत अपेक्षा गरेका छन् । 


जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख ओम बहादुर रानाको बाह्र बुदें कार्ययोजना निम्नलिखित छन् ।

१.  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालज्यूका प्राथमिकताको अक्षरस पालना,
२. अपराधिक कृयाकलाप उपर कानुनको कठोरतालाई आत्मसाथ गर्दै विवेकपूर्ण प्रहार,
३. गुण्डागर्दी विरुद्व कडा कारवाही,
४. घरेलु मदिरा तथा लागु पदार्थ, यौन व्यवसाय र जुवातास नियन्त्रणमा निरन्तरता,
५. चोरी, लुटपाट, कालोबजारी न्यूनिकरण 
६. न्यायिक निकायसंगको समन्वयमा फरार अपराधीको पक्राउ तथा कारवाही,
७. प्रविधियुक्त नागरिक मैत्री प्रहरी सेवा, भौतिक तथा प्राविधिक पूर्वाधारको निर्माण तथा स्तरवृद्विमा जोड
८. सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यबस्थापन सँगै जनचेतनामुलक कार्यक्रम संचालन 
९. घरेलु हिंसा, लैंगिक हिंसा, महिला बालबालिका, जेष्ठ नागरिक तथा अशक्त व्यक्ति उपरका घटनामा संवेदनशिलता र  पिडित मैत्री वाताबरणको सिर्जना
१०. सामाजिक विकृति विसंगति र कुसंस्कार विरुद्व जनचेतानमुलक कार्यक्रमको निरन्तरता 
११. छुट्टा छुट्टै स्क्वायड ९पिलर० खडा गरी अपराधीको खोजतलास तथा कारवाहीस् 
( गुण्डागर्दी-१, घरेलु मदिरा, लागु पदार्थ, यौन व्यवसाय र जुवातास विरुद्व-१, चोरी लुटपाट कालोबजारी-१, फरार अपराधीको खोजीको लागि-१, सामाजिक संजाल (साईवर) बाट हुने अपराध-१ )
१२. सुचना संकलन एवं प्रमाणमुखी अनुसन्धानमा जोड    

Related Images

Write a Comment

Events
Random Picks