पोखरामा एकैदिन मिटरमा जान नमान्ने ३६ ट्याक्सी कारवाहीमा
16-May-2018

जक्सन डटकम
जेष्ठ २, पोखरा
पोखरामा मिटरमा जान नमान्ने ३६ वटा ट्याक्सी एकै दिन कारवाहीमा परेका छन् ।पोखरा नगरक्षेत्रमा संचालित भाडाका मिटर ट्याक्सीले सर्वसाधरण यात्रुसँग मिटरमा जान नमानी बार्गेनिङ गरेको गुनासो पछि प्रहरीले छड्के गर्दा ३६ वटा ट्याक्सी कार्वाहीमा परेका हुन् ।


जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम बहादुर रानाले सबै ट्याकीलाई कारबाहीका लागि यातायात कार्यालय पठाएको बताए । उनले पहिलो पटकलाई ५ हजार तिराएर छाडिने र अर्को पटक पनि फेला परे सार्वजनीक मुद्धा चलाउने बताए ।
ट्याक्सीलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहत ईकाईबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनले बताए ।

 

Write a Comment

Events
Random Picks