लेकसाईडमा यौन व्यवसायमा सलंग्न प्रकाउ
17-May-2018

जक्सन डटकम
जेष्ठ ३, पोखरा

पोखराको लेकसाईडमा रहेको होटल योकोहामा अवैध रुपमा यौन व्यवसाय संचालन गर्ने एक होटल संचालक पक्राउ परेका छन् । यौन व्यवसाय गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले छानबिन गरेको थियो । उक्त छानबिनमा प्रहरी टोलीले होटल संचालक, यौन व्यवसायमा सहयोग गर्ने ट्याक्सी चालक सहित ५ जना युवा र ७ जना युवती प्रकाउ परेका छन् । प्रकाउ परेका मानिसहरुलाई मानव बेचबिखन मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको कास्की प्रहरीले बताएका छन् । 

Write a Comment

Events
Random Picks