पौने दुई करोडको लगानीमा ‘जावेद हबिब सलोन’को फ्रेनचाइज पोखरामा
19-May-2018

सुरक्षा श्रेष्ठ / जक्सन डट कम
जेठ ५ , पोखरा ।
 
विश्व प्रसिद्ध हेयर स्टाइलिस जावेद हबिबको सलोन ब्राण्ड ‘द जावेद हबिब सलोन’ को फ्रेनचाइज  शाखा आजदेखी  पोखरामा संचालनमा आएको छ ।  

पोखरा न्युरोड, विएम कम्प्लेक्सको दोश्रो तलामा अवस्थित सलोनको उद्घाटन हेयर स्टाइलिस जावेद आफै र पुर्व मिस नेपाल माल्बिका सुब्बाले गरेका हुन् ।
कपाललाई नै आपनो प्रेरणको स्रोत मान्ने जावेदले रिबन र केक दुबै  कैचीले नै काटेर सलोनको उद्घाटन गरेका थिए । 

भारतीय हेयर स्टाइलिस जावेदले बनाएको ब्राण्ड 'द जावेद हबिब सलोन’ को विश्वभर ८ सय भन्दा बढी फ्रेनचाइज शाखाहरु संचालनमा आइसकेका छन् । हेयर स्टाइलमा बेग्लै पहिचान बनाउन सफल द जावेद हबिबको पोखरा शाखालाई सलुन मात्र नभई एकेडेमीको रुपमा पनि विस्तार गरिएको हो । 

जिवनमा पहिलो पटक आफुले मन पराएको महिलाको कपाल काटी हेयर स्टाइलिस करियर सुरु गरेका जावेदको कम्पनिबाट बलिवुडका अधिकाशं कलाकारहरुको हेयर स्टाइलको काम हुदै आएको छ । 

उद्घाटन अधि गरिएको पत्रकार सम्मेलनमा बोल्दै जावेद भन्छन " पोखरा कति सुन्दर छ , पोखरामा कति मस्ती छ !, अनि त्यो मस्ती कपालमा आउनु पर्छ " । उनि भन्छन " जब हाम्रो कपालले मस्ती गर्छ , तब हाम्रो  जिन्दगीले पनि मस्ती गर्छ । "  

'' मलाई कपालको म्याकडोनाल बन्नुछ । मानिसहरु म संग होईन मेरो ब्रान्डमा कपाल काटुन , यो मेरो चाहाना हो " । उनको यहीं सोचले उनि अगाडि बढेको र सफल पनि भएको उनि बताउछन । " मलाई हरेक दिन लाग्छ मेरो आज बिवाहा हो, जसले मलाई हरेक दिन खुशी राख्छ , मलाई मोसनमा राख्छ । "

पोख्ररेलीहरुको बढ्दो फेसन र स्टाइल मोहलाइ ध्यानमा राख्दै विश्व प्रसिद्ध 'द जाबेद हबिब सलोन एण्ड एकेडेमी'को फ्रेनचाइज पोखरामा सुरु गरेको पोखरा शाखाका डाइरेक्टर ममता मल्लले बताउनुभयो । विश्वभर शाखाहरुबाट जाबेद हबिबकै थिम अनुसार एकै किसिमको सेवा दिनुपर्ने भएकाले पोखरा शाखाबाट पनि सोही अनुसारको सेवा प्रदान हुने मल्लले बताउनुभयो । 

निकै नै आकर्षक इन्टेरियर डेकोरेशनले सजिएको सलोन खोल्न करिब १ करोड ७५ लाख रुपैया खर्च भएको बताईएको छ । आउटलेट को प्रसंशा गर्दै जावेदले नेपालकै सबैभन्दा राम्रो सलोन भनेका थिए ।

शहरी जीवनशैलीका मानिसहरुका लागी कुनै पनि कार्यकम्र, पार्टी वा अन्य समारोहमा उपस्थित हुदा सोही किसिमको हेयर स्टाइल मेन्टेन गरि हरेक व्यक्तिको पर्सनालिटी डेभलप गर्न यो सलोनले भुमिका खेल्नेछ भनी आशा गर्न सकिन्छ । 

कार्यक्रमको सम्पूर्ण भिडियो तथा तस्बिरहरु छिट्टै अपलोड हुनेछन । प्रतीक्षा गर्नुहोला ।

Write a Comment

Events
Random Picks