पोखरामा सार्वजनिक स्थलमा चुरोटको सेवन गर्ने १४ जना कारवाहीमा
25-May-2018

जक्सन डट कम 
बैशाख ११, पोखरा । 

सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई कारवाही गर्ने भन्ने नेपाल सरकारको निति अनुरुप जिल्ला प्रहरी कार्यालय कास्कीले पनि अभियान थालेको छ ।

अभियान सुरु भए संगै कास्की प्रहरीले पोखराका केही स्थानहरुमा चेक जांच गर्दा बैदाम एरियामा २ जना र रामबजार एरियामा १२ जना गरी जम्मा १४ जनालाई सार्वजनिक स्थलमा चुरोट सेवन गर्दै गर्दा तत्कालै उनिहरुलाई कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ  ।  उनीहरु बाट १४ सय रुपैयाँ राजश्व संकलन भएको छ ।

Write a Comment