अकस्मित रक्तंदानबाट ६१ युनिट रंक्त संकलन
25-May-2018

जक्सन डटकम 
जेष्ठ ११, पोखरा

पोखरा लेखनाथ महानगरपालिका १, बगर स्थित नेपाल रेडक्रस सोसाईटी उप–शाखाको आयोजनामा आज (सुक्रबार) पोखरामा भएको आकस्मित रक्तदान कार्यक्रमबाट ६१ युनिट रंक्त संकलन भएको छ । 
सोसाईटी कास्कीका उपसभापति कृष्ण तिमिल्सिनाले पहिलो रत्तंmदाता निष्चल काफ्ले र यु्वराज आचार्यलाई व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन। कार्यक्रममा बोल्दै उप–सभापति तिमिल्सिनाले रंक्तदान मानव जिबनका लागि अति आवश्यक र महादान भएको बताए । 
शाखाका सभापति विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पृथ्बी नारायण क्याम्पसका क्याम्पस प्रमु्ख प्रा.डा.चन्द्र बहादुर थापा, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष वडा अध्यक्ष शारदा कुमारी पराजुली लगायतले वोलेका थिए । सामुदायिक सेवा केन्द्र बगर र इन्द्रेणि एकिकृत विकास समाजको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । 

 

Write a Comment

Events
Random Picks