सर्वेश्वरका व्यापारीहरुलाई उत्प्रेरणादायी तालिम
10-June-2018


जक्सन डटकम
पोखरा, जेठ २७ 

सर्वेश्वर व्यवसायी समितिको आयोजनामा पोखरामा एक दिने उत्पे्ररणादायी तालिम सम्पन्न भएको छ । नेपाल टेलिभिजनका पूर्व कार्यकारी अध्यक्ष महेश दाहाल प्रमुख प्रशिक्षक तथा सोबिता गौतम सहयक प्रशिक्षक रहेको कार्यक्रममा व्यवसाय प्रवद्र्धन, व्यवसायिक आचार संहिता, ग्राहकसंगको सम्बन्ध लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । तालिममा समितिमा आवद्ध ६० जना व्यवसायिहरुको सहभागिता रहेको थियो ।
यसअघि संस्कृतीकर्मी तीर्थ श्रेष्ठले एक समारोहका विच तालिमको उद्घाटन गर्दै आफुपनि व्यापारिक घरानाबाटै आएको हुँदा एकपटक फेरी व्यापार व्यवसाय गर्दाका दिन स्मरण गर्न पुगेको बताए । व्यापारमा धैर्यता, निरन्तरता आवश्यक पर्ने बताउँदै सफल व्यवसायी बन्न दृढ संकल्पताको पनि खाँचो रहने औल्याए । 
आयोजक समितिका अध्यक्ष सन्तोष पौडेलको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष एकनारायण पनेरुले स्वागत, सचिव तुलबहादुर थापाले सञ्चालन गरेका थिए । निवर्तमान अध्यक्ष धरममान भण्डारीले तालिमको समिक्षा गर्दै तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सकेमात्रै तालिम लिएको सार्थकता हुने बताए । जनकल्याण बहुउद्येश्यि सहकारी संस्थाका अध्यक्ष यादवप्रसाद पोख्रेलले शुभकामना मन्तव्य राखेका थिए । 
फोटो पनि छ । 

Write a Comment

Events
Random Picks